![]() |
| क्षतिग्रस्त कार |
मंगलबार साँझ साडे ६ बजेतिर अचानक ठुलै आवाजमा बम पट्केजस्तो भयो र झ्याप्पै बत्ती निभ्यो । यताउता हल्लाखल्ला भयो । कोही ट्रान्समिटर पड्क्यो भन्न थाले त कोही विद्युत तार आपसमा जुध्दा बत्ती गयाे भन्न थाले । तर खासमा याे परिस्थिती गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी मन्दिर जाने बाटोमा एक- निजी कार विद्युत पोलमा ठोक्किएर दूर्घटना भएको रहेछ ।
स्थानीय व्यवसायी रुपेन्द्र के.सी.(चालक) पूर्वबाट पश्चिमतिर जाने क्रममा बबई कटेज नजिकै प्रदेश ३–०१–०२२ च ६१८४ नम्बरको कार साविक (हटाउनुपर्ने) फलामको विद्युत पोलमा ठोक्किन गई दूर्घटना भएको हो । दूर्घटनाबाट कारको अग्रभाग पूर्ण रुपमा क्षतविक्षत भएको छ भने चालकको दायाँ हातमा सामान्य चोट लागेको छ ।
विगत दुई बर्षदेखि निर्माणधीन सडकमा रहेका साविकका विद्युत पोलहरु निर्माण व्यवसायीले नहटाउँदा सडक निर्माण कार्य कछुवाको गतिमा भैरहेको र अस्तव्यस्त पोलहरुका कारण यसरी दूर्घटना भएको हो । पोलहरु हटाएर व्यवस्तित गर्नका लागि स्थानीयहरूले विद्युत प्राधिकरण तथा नगपालिकामा गएर लिखित रुपमा जानकारी दिँदा पनि पोलहरु हालसम्म पनि हटाइएको छैन ।
![]() |
| यही पोलमा ठोक्किएको थियो कार |
साविक पोलहरु हटाइएको स्थानमा नयाँ पोलहरु गाडिँदा पनि बाटोको भित्रपट्टी नालीमा सटाएर गाडिएको पनि छैन जसले गर्दा यी पोलहरुका कारण दूर्घटनाहरु दोहोरिइरहने सम्भावना देखिन्छ भने बाटोका छेउमा बनाइएका नालीहरुमा बाटोमा जम्मा भएको पानीको निकाशका लागि ठाउँठाउँमा प्वालहरु राख्नुपर्नेमा नराखिएकोले बर्षाको समयमा तथा पानी पर्दा सडकभरी पानी जम्मा हुने समस्या भएको स्थानीय ज्ञानप्रसाद ज्ञवाली बताउनुहुन्छ ।


0 Comments