बर्दियाका भूमिहिन भन्छन् : गोली थाप्छौँ तर अधिकारका लागि लडिरहन्छौँ (भिडियो सहित)

कात्तिक  १८ बर्दिया 

वन शक्ति भवानी फाँटामा २०६३ पौष ३ गतेदेखि दुलारा लोनियाले पटक पटक दुःख गर्दै रगत पसिना बगाउँदै आफ्नो बास जेनतेन बनाउनुभयो तर अहिलेसम्म पनि जोतभोग गरेको जग्गाको लालपूर्जा नपाएको गुनासो व्यक्त गर्नुभयो ।

भूमि अधिकार मञ्च बर्दिया अध्यक्ष केश बहादुर वि.क.

“कोरोनाका सन्देशहरु आउँदा हाम्रा कुरा मिडियामा आउँदैनन् । जबसम्म हामीले लालपूर्जा पाउँदैनौँ तबसम्म गोली लागेपनि अधिकारका लागि लडिरहन्छौँ । अब हामीले लाज  शरम सबै पचाइसकेका छौँ,” वहाँ भन्नुहुन्छ । यसैगगरी बाँसगढी ३ विजयनगर दमौलीकी फूलकुमारी चौधरी भन्नुहुन्छ, “२०४० सालदेखि जोतभोग गरेका छौँ अहिलेसम्म पनि लालपूर्जा पाएका छैनौँ । हामीले अरुले पाएर छोडेको जग्गामा बसेका छौँ । अहिलेसम्म तीन पटकसम्म नापी भयो तर तातोभुत्लो केही लाएको छैन । चुनावमा नेताहरुले आश्वासन दिन्छन् भोट माग्छन् जान्छन् तर ती आश्वासन तीस वर्ष सम्म पनि पूरा भएका छैनन् । हामीले जोतेको जग्गा हाम्रो नाममा चाहियो ।” 

कार्यक्रममा सहभागी भूमिहिनहरु

नेताहरुले कुनै पनि आन्दोलन तथा विरोधका कार्यक्रमहरु गर्दा हामीलाई ढाल बनाए तर अहिलेसम्म कुनै पनि माग सम्बोधन नभएकोले हामीले यसरी यो विषम परिस्थितीमा पनि आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नुपरेको कुरा सहभागी भूमिहिनहरुको आवाज थियो । 

यी आवाजहरु सोमबार गुलरिया नगरपालिका वडा नं. २ मा भुमि अधिकार मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा वर्षैँदेखि जोतभोग गर्दै आएका तर आफ्नो नाममा जग्गा नपाएका भुमिहिनहरुको हो । कोभिड १९ को विषम परिस्थितीमा पनि राज्यका विविध कार्यहरु सुचारु रहेको अवस्थामा भूमिहिनहरुको अपेक्षालाई पूरा गर्न सरकार गैर जिम्मेवार देखिएकोले हाम्रो रहर नभएर वाद्यता बनेकोले चार बुँदे माग सहित आन्दोलनमा जानुको विकल्प नभएको कार्यक्रम संयोजक होमेन्द्र थापाले बताउनुहुँदै चार बुँदै माग सहितको प्रेस विज्ञप्ती वाचन गरेर सुनाउनुभएको थियो । 

कार्यक्रममा आफ्नो कुरा राख्दै बाँसगढी ३ विजयनगर दमैलिकी फुलकुमारी चौधरी

कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष यादव आचार्यले सम्पूर्ण पत्रकारहरुको साथ र सहयोग रहने तथा पत्रकार महासंघ सदैव भुमिहिनहरुको आवाजलाई मिडियामा समेट्ने प्रतिवद्धताका व्यक्त गर्नुभयो । भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष केश बहादुर वि.क. को सभाध्यक्षतामा सम्पन्न, डेढ दर्जन सञ्चाकर्मीहरुको उपस्थिती रहेको कार्यक्रमलाई पवित्रा अर्यालले सहजीकरण गर्नुभएको थियो भने सचिव कपिल शर्माले स्वागत गर्नुभएको थियो । 

हेर्नुहोस् चार बुँदे माग सहितको पुरा भिडियो । 




Post a Comment

0 Comments