भेरी साहित्य समाज बर्दिया अध्यक्षमा मरासिनी

कात्तिक १९ । गुलरिया बर्दिया 

भेरी साहित्य समाज बर्दियाले तेस्रो जिल्ला अधिवेशन मङगलबार सम्पन्न गरेको छ ।

नव निर्वाचित कार्यसमितका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुहुँदै केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना

गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालमा आयोजना गरिएको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेशनबाट बर्दियाली साहित्यिक व्यक्तित्व कवि विष्णु प्रसाद मरासिनीको अध्यक्षतामा छ सदस्यीय कार्यसमितीको चयन गरिएको हो । उपाध्यक्ष लक्ष्मी वश्याल, सचिव प्रभात सुवेदी, कोषाध्यक्ष राम प्रसाद लामिछाने रहनु भएको छ भने सदस्यहरुमा क्रमशः गौरी सापकोटा र निरन्जना चन्द रहनुभएको छ । नवगठित कार्यसमितिलाई आगामी बैठकबाट पूर्णता दिइने नवगठित समितिका अध्यक्ष विष्णु प्रसाद मरासिनीले बताउनुभयो । साहित्यिक व्यक्तित्वहरु नवराज भट्ट, लेक प्रसाद प्याकुरेल र मणि शर्माको तिन सदस्यीय निर्वाचन मण्डलले उक्त कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।  

अधिवेशनको पहिलो शत्रमा निवर्तमान अध्यक्ष टीकाराम तिमिल्सिनाले जिल्ला समितिको प्रगाति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने साहित्यकारहरु प्रमोद तिमिल्सिना, ईश्वरी रिजाल उल्कापात, मणि शर्मा, प्रकाश पौडेल लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै आफ्ना साहित्यिक रचना समेत प्रस्तुत गर्नुभएको थियो । नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य  हरि प्रसाद तिमिल्सिनाले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रमा आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिको थियो । 

वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै दूरी कायम गरी र स्वास्थ्य सजगता अपनाउँदै कार्यक्रम सम्पन्न गरिएको


Post a Comment

0 Comments