- प्रश्ना सुवेदी |
असार २९ गते मेरो जन्मदिन थियो । लामो समयदेखिको लकडाउनका कारण घरमै सिमित भएको मलाई मामाघर जाने इच्छा थियो । लकडाउन सामान्य भएपछि भने मामा घर जाने मेरो इच्छालाइ मैले घरमा राखेँ । बाबाले भोलिपल्ट पु¥याइदिने भनेर भन्नुभएपछि मैले हुन्छ भनेर ३० गते साँझ हामी मामाघतिर लाग्यौँ । बाबा पनि सो दिन मामाघर नै बस्नुभयो । त्यसपछि ३१ गते वहाँ जानुभयो । मामाघरमा समय विताउनका लागि नीलम कार्की निहारिकाकृत उपन्यास योगमाया पढ्ने निधो गरेर घरबाट पुस्तक बोकेर लगेकी थिएँ । शुरुमा बार्बरा र पारिजानको कुराले त मलमलमा नै पा¥यो बार्बरा त हाम्रै देशकै अतिथि भएपनि हाम्रो इतिहास हेर्न र पढ्न खोज्ने इच्छाले मलाई निकै खुसी बनायो । उनले मmभुवेसीँको यात्राको बयान गरिन् । उनले योगमायाका कुरा पनि खोल्दा म अझै पुस्तकको माकुरी जालोमा अलमलिएँ । त्यसपछि एक पुरै पृष्ठमा ठूलीहजुर लेखेको देखेँ । के होला, के होला ? जस्तो लाग्यो । अनि तुलसाका बा र आमा कुरा गर्दै तुलसाका बा आफ्नो बहिनीलाई माइत लिएर आउने निर्णय भयो । फुपु दिदी आएपछि वहाँले आफ्नो दुलहीलाई कसरी र के कारणले घर र माइत छोड्नु प¥यो भनेर सुनाउनेभयो । निकै डरलग्दो जङ्गल र त्यसमाथि जङ्गली जनावरको आक्रमणको डर रातको समय । मलाई पढ्दा पनि निकै डर लागेको थियो । त्यपछि उनी तिर्थ यात्रामा जान लागिन् । विभिन्न तप, ध्यान र साधना गर्नेतर्फ उनी प्रेरित भइन् । जसले गर्दा उनमा झन् सामथ्र्य जागृत भयो । यसबाट उनमा समाजका विभिन्न विसङ्गतिहरुको अन्त्य गर्ने प्रेरणा मिल्यो । अचानक तुलसाका बा रुखबाट तल खसेर सदाका लागि माथिको यात्रामा लागे । मझुबेसी लगायतका सम्पूर्ण गाउँमा भयङ्कर महामारी फैलिएको कारणले गिरी र तुलसा दुबै आफ्नो बाबासँग यात्रामा सहयात्री बने । अनि तुलसाकी आमासँग जिउने साहारा भनेकै दुखुना भई । यस दुःखद घटनापछि तुलसाकी आमा तयस्या र ध्यान गरी ठूली हजुर नामले अहिले प्रख्यात हुनुभएकी आफ्नी अमाजुसँगै कुटीमा बस्ने र हरिभजन गाउने र भगवान्प्रति समर्पित हुने भनेर सदाका लागि यतै आइन् । त्यपछि हरिभजन गाउँदै झुवाबेसी लगायत विभिन्न ठाउँका मानिसहरु त्यहाँ आउँथे र हरिकिर्तन गर्थे । ठूलीहजुर समाजमा दास, कमैया र बालविवाह जस्ता कुरितीहरुको विरुद्धमा लागिन् । अनि धर्मका नाममा विभिन्न प्रथाहरुको निर्माण गनेै व्यक्तिलाई उसकै अगाडि खबरदारी गर्नु आफ्नो कर्तव्य सम्झेर सबैलाई सम्झाउँथिन् । उनलाई पाटोकुवा, जात काडेकी जस्ता विभिन्न शब्दहरुबाट समाजमा अपमानित गरिन्थ्यो । तरपनि उनमा भएको धैर्यताका कारण केही पनि प्रतिकृया जनाउनुभएन । त्यपछि उनले धर्मराज्य स्थापना गर्न श्री ३ सरकारलाइ बिन्तीपत्र बुझाउनुभयो । पण्डितज्यू हरेकचोटी धर्मपात्र बुझाउनुहुन्थ्यो । केही समय पछि ठूलीहजुर र सबै हिमाी भेगको यात्रा गर्ने निर्ण गरेर ठूली हजुरलाई डोकोमा बोकेर ठण्डी ठाउँको यात्रामा निस्किए । यात्राबाट फर्केपछि फेरी सबैजना काठमाण्डौं जाने निर्णय गरेर त्यसपर्फ प्रस्थान गरी फेरी श्री ३ महाराजलाई भनी श्री ५ माहाराजलाई पत्र दिन अनुरोध गर्दा श्री ३ महाराज कठोर भएर बसे । तर, धर्म गरछु भनेर वचन दिए । केही समय काठमाण्डौं घुमेपछि मझुवाबेसी नै फर्के । धर्म भिक्षा नपाएपछि उनीहरुले महाराजलाई फेरी एउटा पत्र पठाए र उक्र पत्र धर्मराज्यको स्थापना गर्नका लागि अनुरोध पत्र थिएन । त्यो पत्र अग्नी समाधीको घोषणा थियो । २४० जनाजति समाधि लिने निर्णय गरेका थिए । तर, त्यहि दिन धेरै सैनिक आएर महिलाहरुलाई नजरबन्दमा र पुरुषहरुलाई जेलमा राखे । ठूलीहजर र सबै जनाना मुक्त भए तर मर्दाना जेलमा नै बसे । बिस्तारै उनीहरु पनि मुक्त हुँदै गए । सबै मुक्त भएपछि ठूलीहजुरले लुकर कसैलाई थाह नदिइकन जल समाधि लिनुभयो । वहाँसँग अझै छैसठ्ठी जनाले समाधि लिए । राज्यमा धेरै अधर्म भएको कारण नै उनीहरुले समाधि लिए ।
योगमायामा तत्कालीन घटनाक्रमहरुलाई यसरी मिलेको थियो । जसले योगमायालाई सत्यघटनाको सङ्ग्रहका रुपमा दस्तावेजीकरण गरेको छ । योगमाया पढेर मैले थुप्रै नयाँ शब्दहरु सिक्न पाएँ । पहाडी जीवनशैलीबारे ज्ञान लिन पाएँ । १९९० सालको भूकम्पसँग मझुवावेसीको घटना जोड्नुभएको छ । नीलम दिदीले यी समकालीन घटनारु सहित दरवार हत्याकाण्डको घटनालाई यति सुन्दर ढंगबाट संयोजन गर्नुभएकोमा म अचम्मित भएँ । समाजमा उहिलेदेखि नै रहेको सामाजिक विभेद र समस्यालाई प्रस्तुत गर्नुभएकोले पनि यो कृति एक ऐतिहासिक कृति बनेको छ । गरुड पुराण सुनाएर परिवारलाई डर देखाएर सकी नसकी दना गर्न लगान्थ्यो र कसैको ऋणमा फँसाइन्थ्यो । यसरी ऋणमा फँसाइएकालाई कमैया बनाइन्थ्यो र घरमा काम गर्न पठाइन्थ्यो ।
बाल विबाह अनि बहुविबाह जस्तो प्रथा अनि विधुवा भएपछि समाजमा अपहेलित हुनु पर्ने सामाजिक कुरितीलाई यसमा समेटिएको छ । यतिमात्र हैन समकालीन राजनैतिक अवस्था पनि यस पुस्तकमा उल्लेख गरिएको छ । हामीले पहिले आफूमा नै परिवर्तन ल्याएर सामाजिक सोचलाई परिवर्तन गर्न नसकेसम्म समाजमा विभेद जस्ता तमाम खाले सामाजिक समस्याहरुको अन्त्य हुने छैन भन्ने कुरा नीलम कार्की निहारिकाको योगमाया पढेपछि ज्ञान भएको छ ।

0 Comments