![]() |
| लेखक : प्रभात सुवदी |
समयले विभिन्न घटना र तथ्यहरुको इतिहास निर्माण गर्छ । इतिहासले वर्तमान र वर्तमानले भविष्यको निर्धारण गर्छ । संसारका हरेक वस्तु र पदार्थका आआफ्नै इतिहास कोरिएका हुन्छन् । हुन त मानिसको मष्तिस्क पनि इतिहासले भरिएको हुन्छ, मानव मस्तिष्कमा इतिहासले कोरेका रेखाहरुले उसको भविष्यको मार्गचित्र तयार गर्छ । हरेक पदार्थको आआफ्नै मूल्य भएझैं इतिहासको पनि आफ्नै मूल्य हुन्छ तर कुनै कुनै इतिहास अमूल्य भएर जन्मन्छ, वर्तमानमा मौलाउँछ, भविष्यमा फुल्न सक्छ ।
त्यसैले, त्यस्ता अमूल्य इतिहास पुस्तौं पुस्तासम्म वर्तमान बनेर बाँचिरहन्छ । यस्तो अमर इतिहासको अवमूल्यन किमार्थ कसैबाट हुन सक्दैन । सन्दर्भ जोडौं – प्रविधिमैत्री शिक्षक समाज, नेपालको । यसको इतिहास नै प्रविधिसँग जोडिएको छ । यस अर्थमा यसको इतिहास नै भविष्यसँग जोडिएको प्रविधि हो भन्दा कुनै अत्युक्ति नहोला । सामाजिक सञ्जाल फेसबुकमा ूत्भबअजभचक म्ष्कअगककष्यल यल भ्मगअबतष्यलब िक्ष्ककगभकू नामक ग्रुप निर्माण नभैदिएको भए, शैक्षिक सूचना तथा सामान्य ज्ञान नामक नामक अर्को फेसबुक ग्रुप कसैले नबनाइदिएको भए, प्रविधिमैत्री शिक्षक समाज, नेपालको जन्मने माध्यम नै के हुन सक्थ्यो ? अझ पाल्पा, दर्लमडाँडा माविका एक शिक्षक, भूपति वश्याल, जसको मस्तिष्कमा आपूmमा भएको प्राविधिक ज्ञान सबैसामु बाँडौं भन्ने निस्वार्थ भावना नपलाइदिएको भए प्रशिस, नेपालको बीजारोपण नै कसरी हुन सक्थ्यो ? कसरी गति लिन सक्थ्यो, यस राष्ट्रिय संस्थाले ? आज हजारौं शिक्षकहरुको एउटा विश्वासको धरोहर बन्न सफल यस प्रशिसको यो इतिहासलाई कसैले अवमूल्यन गर्ने क्षमता राख्ला ?
जब त्भबअजभचक म्ष्कअगककष्यल यल भ्मगअबतष्यलब िक्ष्ककगभकू मा एक भूपति बश्यालको नामबाट एउटा सामग्री पोष्ट भएको थियो, रिजल्ट सिट । एमएस एक्सलमा तयार पारिएको त्यो रिजल्ट सिट प्राप्त गर्नका लागि प्रतिक्रिया बाकसमा सयौं शिक्षकहरुको इमेल नम्बर पोखिएको थियो ।
अन्ततः वहाँकै यो इच्छाशक्ति र वहाँजस्तै प्रविधिलाई रुचाउने केही दृढ ईच्छाशक्ति भएका व्यक्तित्वहरु वर्तमान केन्द्रीय महासचिव म्याग्दीका देवीप्रसाद शर्मा, दैलेखका नवीन कँडेल र दोलखाका गीताकृष्ण शर्मा, मोरङका पुण्यप्रसाद ढुङ्गाना, पाल्पाका नारायणप्रसाद न्यौपाने, काठमाण्डौका प्रकाश गौतमको नाम नेपालको शैक्षिक ईतिहासमा स्वर्णाीम अक्षरले लेखिनेछ । यिनै प्रविधिका सेनानीहरुको पहलमा २०७५ साउन ५ गतेको त्यो दिन यस संस्थाको विजारोपणका लागि ऐतिहासिक कार्यको थालनी गर्यौ ।
असोज २६ गते नारायणगढ, पोखरा बसपार्कको कैलाश होटलमा एक्काइस जनाको जमघटमा भूपति बश्यालकै अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समितिको गठन गरिएलगत्तै संस्थालाई वैधानिकता दिनका लागि १७ जनाको अथक प्रयास र मिहिनेतमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विभागीय अनुमति प्राप्त भई २०७५ माघ ७ गतेका दिन संस्था दर्ताको प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय काठमाण्डौले दिएपछि प्रविधिमैत्री शिक्षक समाजले वैधानिकता पायो । अनेकन आरोह र अवरोह पार गर्दै हामी तयार छौं बालबालिका उत्सुक छन्, प्रविधिमैत्री कक्षाकोठा आजको आवश्यकता भन्ने मूल मन्त्र बनाएर निरन्तर प्रविधि सिक्ने र सिकाउने कार्यमा अगाडि बढिरह्यो ।
२०७६ सालको वर्षको अन्यसँगै देखिएको कोभिड संक्रमणको त्रासले नेपाल पनि अछुतो रहन सकेन । जसको प्रभाका कारण नेपालमा पनि बन्दाबन्दीको घोषणा भई चैत्र ११ गतेदेखि मुलुक पूर्ण रुपमा ढप्प भयो । जाँगरीला शिक्षक, अनि बालबालिकाहरुसँग ज्ञान बाड्न नपाएपछि विकल्प सोच्दै जाने क्रममा डिजिटल माध्यमबाट जोडिएर विभिन्न तालिमहरुको सञ्चान गर्न थालियो । यसरी शुरु गरिएको तालिमले केन्द्र, प्रदेश र जिल्ला हुँदै देशभरी नै व्यापकता लियो । प्रविधिमैत्री शिक्षक समाजको अभियानले पूरै देशमा शिक्षकहरु बन्दाबन्दीको समयमा पनि रातदिन खटेर नियमित विद्यालय जाँदाको भन्दा पनि अझै मिहिनेतका साथ सिक्ने र सिकाउने काममा दत्तचित्त भएर लागेका छन् । यस प्रकारका तालिमहरुबाट हजारौँ शिक्षकहरुले लाभ लिइरहका छन् । वास्तवमा प्रविधिमैत्री शिक्षक समाजको यो अभियानबाट सञ्चालित विभिन्न स्तरका तालिमहरु राज्यले सञ्चालन गर्नु परेको भए अरबौँको लगानी पनि सायद अपुग हुने थियो होला ।
यसैबीच, बर्दिया जिल्लामा पनि नेरामावि कर्मलाका शिक्षक केशवराज तिमिल्सिनाको अध्यक्षतामा प्रविधिमैत्री शिक्षक समाजको गठन भएर तदर्थ समितिको रुपमा रहेको र त्यति सक्रिय रुपमा गतिविधिीहरु सञ्चालन नगरिरहेको अवस्थामा यहि बन्दाबन्दीको समयलाई उर्वर बनाउँदै बर्दिया जिल्लाका शिक्षहरुका लागि १० दिने पहिलो चरणको तालिम मिति २०७७ साल बैशाख ११ देखि सञ्चालन गरियो जसबाट एक सय पचास बढी गुरुगुरुआमाहरुले लाभ लिनुभएको थियो भने वैशाख १६ गतेदेखि एक महिने एसइई तयारी कक्षा सञ्चालन गरिएको थियो । जसमा सहभागी भएर असी भन्दा बढी विद्यार्थी भाइबहिनीहले फाइदा लिनुभयो । यसैगरी मध्यपश्चिमाञ्चल विश्वविलय बबई बहुमुखी क्याम्पस गुलरियासँगको सहकार्यमा ५ दिने अनलाइन तालिम जेठ १९ देखि सञ्चालन गरिएको थियो । अपुरो जिल्ला समितिमा उपाध्यक्ष गौरी सुवेदी, सचिव प्रर्शुराम चौधरी, कोषाध्यक्ष युवराज शर्मा लगायतका शिक्षकहरु आउनुभएपछि भने पहिलोपटक नेपालमै प्रधानाध्यापक तथा एसटिएफटी फोकल शिक्षकहरुका लागि २१ दिने तालिमको पाठ्यक्रम निर्माण गरी शिक्षा विकास तथा समन्वय इकाई बर्दिया र जिल्लाका आठै पालिकाहरुसँगको समन्वयमा साउन ५ गते सम्पन्न गरेको छ ।
आउनुहोस् यी २१ दिनहरु हाम्रा लागि ऐतिहासिक हुनेछन् । केहीबेर २१ दिनहरुको सामान्य समिक्षा र स्मरण गरौँ ।
प्रशिस बर्दियाको कार्यसमितिले पूर्णता पाएसँगै बसेको बैठकबाट प्रअ तथा फोकल शिक्षकहरुका लागि तालिम सञ्चालन गर्ने निर्णय भए अनुरुप सबै बर्दियाली शिक्षक हरूका लागि यसरी निमन्त्रणा पत्र तयार गरी सबैलाई निमन्त्रणा पठाइयो । यसै निमन्त्रणा पत्रको आधारमा ६ वटा नगरपालिका र दुईवटा गाउँपालिकाहरुबाट आफ्ना पालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई यो तालिममा सहभागी हुनका निमित्त पत्रद्वारा आव्हान गरिएको थियो । २०७७ साल असार १६ गते अपरान्ह साडे चारबजेदेखि प्रधानाध्यापक तथा फोकल शिक्षकहरुका लागि २१ दिने अनलाइन तालिमको प्रशिस नेपालका केन्द्रीय अध्यक्ष भूपति वस्यालज्यूको प्रमुख आतित्थ्यतामा भव्य समुद्घाटन गरियो ।
तालिमको पहिलो दिन समुद्घाटन पश्चात युनिकोड सम्बन्धी कक्षा प्रविधिमैत्री शिक्षक समाज केन्द्रीय प्राविधिक समिति सदस्य तथा प्रदेश नम्बर ५ का संयोजक बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका शिक्षक प्रभात सुवेदीबाट प्रस्तुत गरियो । यसैगरी दोस्रो दिनको तालिममा क्यान बर्दियाका अध्यक्ष गोपाल निरौलाबाट माइक्रोसफ्ट वर्ड, कम्युटर व्यवस्थापन र साइबर कानूनका विषयमा सहजीकरण गर्नुभएको थियो भने गेरुवा गाउँपालिकाको समग्र शैक्षिक गतिविधिहरूको बारेमा प्रस्तुती रहेको थियो । त्यसैगरी तालिमको तेस्रो दिनमा इजि स्केचका बारेमा प्रशिस नेपालका केन्द्रीय सदस्य कुमार प्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो भने सो दिन राजापुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका गतिविधिहरुलाई प्रस्तुत गरिएको थियो । तालिमको चौथो र पाँचौा दिनमा र प्रशिस बर्दिया जिल्ला सचिव प्रशुराम चौधरीले पावर प्वइन्टको बारेमा सहजीकरण गर्नुभएको थियो भने क्रमिक रुपमा चौथो दिनमा ठाकुरबाबा नगरपालिका र पाँचौं दिनमा मधुबन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शैक्षिक गतिविधिहरुलाई समेटिएको थियो । तालिमको छैठौ दिनमा अत्यन्तै रोचक ढङ्गबाट केन्द्रीय प्राविधिक समितिका सदस्य केशव कँडेलले माइक्रोसफ्ट एक्सेलमा भिविए कोडको प्रयोगका बारेमा सहजीकरण गर्नुभएको थियो पालिका शैक्षिक गतिबिधि अन्तर्गत भने गुलरिया नगरपालिकाका विविध शैक्षिक गतिविधिहरुलाई प्रस्तुत गरिएको थियो । यसैगरी विद्यालयमा प्रयोग हुने तथ्याङक व्यवस्थापनसम्बन्धी इमिसका बारेमा प्रशिस बर्दिया जिल्ला कोषाध्यक्ष युवराज शर्माले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी आठौं दिनमा शिक्षकहरुका लागि अत्यन्तै महत्वपूर्ण विषय मानिएको कार्यमुलक अनुसन्धान तथा कार्यसम्पादन मुल्यांकन फारम सम्बन्धी विषयमा राष्ट्रिय परीक्षा बोर्डका कर्णाली प्रमुख जीत बहादुर शाहले सहजीकरण गर्नुभएको थियो भने बढैयाताल गाउँपालिकाका शैक्षिक गतिविधिहरुलाई प्रस्तुत गरिएको थियो । यसैगरी नवौँ दिनको बसाइमा विद्यालय प्रोफाइल र विद्यालयका असल अभ्यासहरु का बारेमा प्रशिस प्रदेश नम्बर ५ का अध्यक्ष एवम् कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलका शिक्षक युवराज तिवारीले अत्यन्तै रोचक ढंगबाट सहजीकरण गर्नुभएको थियो भने सो दिन बाँसगढी नगरपालिकाका शैक्षिक गतिविधिहरुलाई प्रस्तुत गरिएको थियो । तालिमको दशौँ दिनमा एडोव पेजमेकरका सम्बन्धमा जनसेवा मावि वैदीका शिक्षक भोजराज पोखरेलले सहजीकरण गर्नुभएको थियो भने सोही दिन शिक्षा युवा तथा खेलकुद शाखा बारबर्दिया नगरपालिकाका शैक्षिक गतिविधिहरुलाई समेटिएको थियो । यसैगरी तालिमको एघारौं दिनमा अत्यन्तै महत्वपूर्ण विषयमा सहजीकरण गरेर बर्दियाली शिक्षकहरुलाई द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक सहजकर्ता कञ्चन घिमरेले उत्प्रेरणात्मक कक्षा लिनु भएको थियो ।
यसैगरी बाह«ौँ दिनमा प्राध्यापक डाक्टर मनिष पोखरेल काठमाडौ विश्वविद्यालय र तथा सञ्चार मन्त्रालयका सहसचिव अनिल खत्रीले प्रविधिमैत्री विद्यालय सञ्चालनका अवसर चुनौती र नेपाल सरकारको अवधारणा विषयमा आफ्ना प्रस्तुतिहरु राख्नुभएको थियो । जुन कार्यक्रमको संयोजन क्यान बर्दियाले गरेको थियो । यसैगरी तालिमको तेह«ौँ दिनमा फोटोसपमा भिजिटिङ कार्ड तथा विद्यालयको लोगो डिजाइनका विषयमा श्री जय कालिका मावि मुनालवस्ती बढैयातालका शिक्षक ओमनाथ लम्सालले सहजीकरण गर्नुभएको थियो । यसैगरी प्रविधिका अनेक आरोहअवरोह हरुलाई आत्मसात गर्दै हामी निरन्तर अगाडि बढिरह्यौँ । कार्यक्रमको चौधौँ दिनमा ईमेल र इन्टरनेटका साथै केही कम्प्युटरमा प्रयोग हुने महत्वपूर्ण विषयका बारेमा प्रशिस नेपालका केन्द्रीय सदस्य भक्ति प्रसाद उपाध्यायले सहजीकरण गर्नुभएको थियो । तालिमको पन्ध्रौँ दिनसम्म आइपुग्दा हामीले गुगल क्लासका बारेमा पनि सहभागीहरुलाई जानकारी दिने कोशिस गर्यौँ । जसकालागि प्रशिस नेपालका सक्रिय सदस्य एवं महाकवि देवकोटा माविका शिक्षक हरीलाल चौधरीले सहजीकरण गर्नुभएको थियो । यसैगरी तालिमको सोह«ौँ दिनमा गुगल डक, गुगल फर्म र गुगल क्विजका बारेमा प्रशिस नेपाल बर्दिया जिल्लाका सचिव प्रशुराम चौधरीले सहजीकरण गर्नुभएको थियो ।
यसैगरी हाम्रो तालिमको सत्रौँ दिनमा शिक्षामा फेसबुक र म्यासेन्जरको प्रयोगका सम्बन्धमा प्रशिस नेपालका केन्द्रीय कार्यसमिति सचिव हरिहर दाहालले सहजीकरण गर्नुभएको थियो । तालिमको अठाराँै दिनमा गणित विषय अध्यापन गर्नका लागि बहुउपयोगी सफ्टवेयर जियोजेब्राका बारेमा जनसेवा मावि बैदी बारबर्दियाका प्रधानाध्यापक तथा प्रशिस नेपालका सक्रिय सदस्य नारायणदत्त पौडेलले सहजीकरण गर्नुभएको थियो ।
यसरी निरन्तर रुपमा अगाडि बढिरहँदा हामीले प्रयोग गरिरहेका एन्ड्रोइड मोबाइललाई पनि कक्षाकोठामा शैक्षिक सामग्रीहरूको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा मनमैजु मावि तारकेश्वर काठमाडौंका सहायक प्रधानाध्यापक रविना महर्जनले अत्यन्तै रोचक तरिकाबाट उन्नाइसौँ दिनमा सहजीकरण गर्नुभएको थियो । यसैगरी तालिमको बिसौँ दिनमा भने शिक्षामा अडियो भिडियो रेकर्डिङ, सम्पादन र मिश्रणका बारेमा यस प्रशिस नेपाल केन्द्रीय प्राविधिक समिति सदस्य एवम् प्रदेश नम्बर ५ का संयोजक प्रभात सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
तालिमको अन्तिम दिन महत्वपूर्ण शैक्षिक वेभ लिङ्कका बारेमा प्रशिस बर्दिया जिल्ला अध्यक्ष केशवराज तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो भने अहिले यहाँहरुलाई हामी समापन कार्यक्रम तर्फ डोर्याइरहेका छौँ ।
यसरी हामीलाई लगातार २१ दिनसम्म तालिममा सहजीकरण गर्नु हुने सम्पुर्ण शिक्षक ज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु यसैगरी हाम्रो तालिम अवधिभर सहभागी हुनुहुने सम्पुर्ण प्रधानाध्यापकज्यूहरू, फोकल शिक्षकज्यूहरु, यसैगरी विभिन्न शैक्षिक प्रतिष्ठान निकाय र क्षेत्रबाट उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय सम्माननीय महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं । त्यसैगरी यो कार्यक्रममा हामीलाई हातेमालो गरेर हौसला दिनुहुने शिक्षा विकास तथा समन्वय इकाई बर्दिया, शिक्षा युवा तथा खेलकुद शाखा गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।
२१ दिनसम्म लगातार तालिम सञ्चालन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन । हामीले खुबै ग¥यौँ भन्न पनि चाहेनौँ र भन्दैनौँ पनि किनकी यस्ता अभियानहरु यहाँहरूको निरन्तर सहयोग र साथ बाट नै सफल हुनेमा हामी विश्वस्त छौँ । साथै आगामी दिनमा सम्बन्धित पालिकाहरुले आ–आफ्ना पालिकाका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन र शिक्षकहरुलाई कक्षाकोठामा प्रविधिको प्रयोग गर्नका लागि विशेष कार्यक्रमका साथ आवश्यक बजेट विनियोजन गरी कार्यक्रम सञचालन गरेमा प्रविधिमैत्री शिक्षक समाज नेपाल बर्दिया जिल्ला शाखा हरबखत साथ दिनका लागि तयार रहने छौं भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।
हामीलाई आजका दिनसम्म साथ दिनुहुने केन्द्रीय कार्यसमितिका सम्पूर्ण नेतृत्वतहका सबै आदरणीय व्यक्तित्वज्यूहरु, प्रदेश नं. ५ का कार्यसमितिका पदाधिकारीज्यूहरु, शिक्षक संघ संगठन तथा महासंघका सबै आदरणीय गुरुजनहरु, तथा बर्दिया जिल्लाका ४६ जना सबै सक्रीय सदस्यज्यूहरु लगायत सम्पूर्ण प्रधानाध्यापकज्यूहरु र हामी लाई प्रतक्ष्य वा परोक्ष रुपमा साथ दिनुहुने तपाईहरु सबैमा प्रविधिमैत्री शिक्षक समाज बर्दिया हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
यहाँहरुको साथ र सहयोगले नै हामी निरन्तर प्रविधिलाई सिक्ने र सिकाउने कार्यमा अविराम अगाडि बढिरहने छौँ ।
सबै सदस्यहरुमा प्रशिस नेपाल एउटा साझा घर हो, घर बलियो भए मात्र सबैलाई ओत दिन्छ भन्ने भावनाको विकास हुनेछ अनि प्रशिस नेपालको विकास र विस्तारमा प्रविधिमैत्री इट्टाहरु थपिँदै जानेछन्जसले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा दरिलो खम्बा बनेर महत्वपूर्ण टेवा दिनेछ अनि प्रशिस नेपाल राज्यको एक अभिन्न शैक्षिक अङ्गका रुपमा उभिन सफल हुनेछ । हाम्रो सपना साकार हुनेछ । समुज्वल भविष्यको कामना गरौं । आउनुहोस् शिक्षण जस्तो पवित्र सेवा र शिक्षक जस्तो मर्यादित उपमा पाएका हामी शिक्षकहरुले आज हैन भोलिका पुस्ताले पनि सम्झिरहने कर्म गरौँ र आफूलाई दिइएको गुरु अनि गुरुआमाको उपमालाई चरितार्थ गर्ने अभियानमा जुटौँ ।
धन्यवाद ।
जय प्रविधिमैत्री शिक्षक समाज
सन्दर्भ सामग्री : शर्मा देवीप्रसाद, आलेख : "प्रविधिमैत्री शिक्षक समाज नेपाल, इतिहास, वर्तमान र भविष्य ।"
हेर्नुहोस् भिडियो ............ !!!
हेर्नुहोस् भिडियो ............ !!!

2 Comments
आलेख पढेर भिडियो हेरेर कमेन्ट दिनुहोला धन्यवाद ।
ReplyDeleteइतिहास बनिसकेको छ । सलाम प्रभात सरलाई । हरिहर अजेय अधिकारी ,रौतहट , प्रशिस,सक्रिय सदस्री ।
ReplyDelete