प्रविधिमैत्री शिक्षक समाज र देशव्यापी अभियान – प्रभात सुवेदी


प्रभात सुवेदी

ढिलोचाँडो अबका दिनमा प्रविधिलाई आत्मसात नगर्दा शैक्षिक क्षेत्रबाट हातधुने अवस्था हुन नसक्ला भन्न सकिँदैन ।  विज्ञान र प्रविधिका क्षेत्रमा भएका तमाम परिवर्तनले अबका दिनमा शिक्षा क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउन आवश्यकता देखिएको छ ।  पश्चिमा  देशहरुमा प्रविधिको प्रयोग गरेर शिक्षा लिनेदिने प्रक्रिया धेरै वर्ष अगाडि देखि चलिरहेको पाइन्छ ।  नेपालमा भने खुला शिक्षा अनलाइन शिक्षाका माध्यमबाट पढ्ने पढाउने क्रम सुरु भएको धेरै भएको छैन ।  केही विश्वविद्यालयहरूले भने यसको सफल प्रयोग गरिसकेका छन् भने केही  उच्चशिक्षाहरु का कक्षाहरु पनि यस्तै माध्यमबाट सञ्चालन भइरहेका छन् ।
 यसैबीच  कोरोना संक्रमण र यसबाट बच्नका लागि गरिएको लकडाउनको यो अवधिमा शिक्षकहरुलाई प्रविधिसँग आत्मसात गराउनका लागि प्रविधिमैत्री शिक्षक समाज नेपालले एउटा व्यापक अभियानको सुरुवात गरेको छ ।  जुन स्वयंसेवी अभियान अत्यन्तै सफलतापूर्वक अगाडि बढिरहेको पाइन्छ ।  नेपालका सतहत्तरै जिल्लामा शाखा बिस्तार गरी अहिले स्वयंसेवी तरिकाबाट आफूले जानेका ज्ञान सीप प्रविधिका माध्यमबाट सिक्ने र सिकउने गरिरहेका छन् ।  यसप्रकारका अभियान हरुले पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका शिक्षकहरुलाई एउटै  थलोमा जोडेको पनि छ ।  यसले गर्दा देशभरिका शिक्षकहरुकाबीच एकआपसमा भावनात्मक सम्बन्ध पनि विस्तार भएको पाईन्छ ।  यसप्रकार सम्बन्धले शैक्षिक क्षेत्रमा अझ उचाई थपिने विश्वास गर्न सकिन्छ । यसैबीच प्रविधिमैत्री शिक्षक समाज नेपालले प्रदेशी स्थरमा केन्द्रस्तरमा तथा जिल्ला स्तरमा विभिन्न तहका तालिमहरु सञ्चालन गरिसकेको छ ।  प्रदेश नम्बर ५ मा पनि प्रदेश स्तरको तालिम समापन गरिसकेपछि रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, बर्दिया लगायतका जिल्लाहरुमा जिल्लास्तरका प्रारम्भिक तालिमहरु सम्पन्न भइसकेका छन् ।  यस्ता तालिमहरुबाट हजारौँ शिक्षकहरुको लाभान्वित भइरहेका छन् भने शिक्षकहरुलाई प्रविधितर्फ आकर्षण गरी कमसेकम कक्षाकोठामा न्यूनतम प्रविधिको प्रयोग गरेर भए पनि शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन सक्ने भएका छन् ।
 यसरी प्रविधि प्रयोग गरिएको प्रशिक्षण दिई नि विषयवस्तुहरुमा माइक्रोसफ्ट अफिसका महत्वपूर्ण प्याकेजहरु जस्तै स् वर्ड, पावरप्वइन्ट, एक्सेल त्यसैगरी एडोवका फोटोसप, पेजमेकर, अनि अलाइन एलएमएस अन्तर्गत गुगल क्लासरुम, गुगल टुल्सहरु आदिका बारेमा सहजीकरण गरिएको छ भने अध्यापन कार्यलाई रोचक बनाउनका निमित्त इजि स्केच जस्ता सफ्टवेयरहरूको समेत प्रशिक्षण गरिएको छ ।  यसैबीच शिक्षकहरुलाई मल्टिमिडियाको अबधारणा दिनका निमित्त मल्टिमिडिया सँग सम्बन्धित फोटो, अडियो(भिडियो र यस्का एनिमेसनका पक्षहरुलाई समेत समेटेर प्रशिक्षणमा बिसे बस्तुहरु राखिएको छ ।
यसैसन्दर्भमा बर्दिया जिल्लामा पनि असार १६ गतेदेखि बाट निरन्तर रुपमा एक महिनाको प्रशिक्षण सुरुवात गरिएको छ ।  नेपालमै पहिलोपटक एक विद्यालय एक एसटिएफटी फोकल टिचर भन्ने अवधारणा अनुसार यो प्रशिक्षण सुरुवात गरिएको हो ।  प्रविधिमैत्री शिक्षक समाज बर्दिया शिक्षा बिकास तथा समन्वय इकाइ केन्द्रको  आयोजना तथा जिल्लाका आठवटै स्थानीय तहहरु सँगको सहकार्यमा यो तालिमको आयोजना गरिएको हो ।  एक महिनासम्म निरन्तर चल्ने यो तालिममा कुनै पनि प्रकारको आर्थिक सहयोग कुनैपनि संस्थाबाट नलिइकन निःशुल्क रुपमा यो तालिम सञ्चालन गरिएको हो ।  विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि स्थानीय तहहरुमा बजेट छुट्याइने भएतापनि ती बजेटहरू को कार्यान्वयन प्रभावकारी ढङगबाट नहुँदा विद्यालयमा शिक्षकहरुले प्रविधिलाई प्रयोग गर्ने वातावारण बनिरहेको छैन । यसो हुनुको कारण प्रविधिसँग जोडेर आउने विभिन्न प्रकारका सामग्रीहरुको अभाव हुनु हो ।  प्रविधिलाई प्रयोग गर्नका निमित्त विद्यालयमा कम्तीमा पनि विद्युत् आपूर्ति नियमित हुनुपर्ने आवश्यकता एकातिर छँदैछ भने अर्कोतर्फ प्रविधिसँग सम्बन्धित कम्युटर तथा इन्टरनेट सुविधा पनि हुनु आवश्यक छ ।  जेनतेन विद्युत आपूर्ति र इन्टरनेट सेवा विद्यालयमा भएतापनि यी सेवाहरु भरपर्दो नहुँदा प्रविधिलाई चाहेर पनि नियमित रुपमा प्रयोग गर्न सकिने अवस्था नभएको पाइन्छ ।
 यो संक्रमणकालीन अवस्थामा शिक्षकहरु मात्र होइन विद्यार्थीहरु पनि घरमै बसिरहेका छन् ।  यसरी अत्यन्तै महत्वपूर्ण समय त्यत्तिकै खेर गइरहेको समयमा शिक्षकहरुले आफुलाई प्रविधिमैत्री बनाउनका निमित्त गरेको यो अभियान अत्यन्तै सह्रानीय छ ।
त्यसै बसिरहनु भन्दा प्रविधिका केही कुराहरु सिकेर आफूलाई प्रविधिमैत्री बनाउनका निमित्त अत्यन्तै महत्त्वपूर्ण अवसर पनि शिक्षकहरुका लागि यो समय सक्दछ । 
 बर्दियामा सञ्चालन गरिएको यो तालिममा विद्यालयमा नभई नहुने विभिन्न प्रकारका सफ्टवेरहरु र कक्षाकोठामा पढाउँदा अत्यावश्यक पर्ने सफ्टवेयरहरु का विषयमा तालिम तथा सहजीकरण गर्ने गरिएको छ ।  यस तालिमबाट बर्दिया जिल्लाका झण्डै दुईसय पचास जना शिक्षकहरु लाभान्वित हुँदैछन् ।  यो एउटा अवसर पनि हो जसले अवसरका रुपमा लिन्छ उसैले मौकाको फाइदा पाउँदछ ।  वास्तवमा प्रविधि सिकेर कि हुन्छ र भन्ने मानसिकता भयो भने यस्ता कुराहरुबाट सधैं विमुख हुन जादा भोलिका दिनमा कक्षाकोठामा आफू हेलाको पात्र बन्नु पर्ने अवस्था हुन सक्दछ ।
यस तालिममा सहजीकरणका लागि विभिन्न जिल्लास्तर तथा जिल्लाबाहिर सहजकर्ता हरुको उपस्थित हुने गर्नुभएको छ ।  तालिममा अहिलेसम्म माइक्रोसफ्ट आफिसका महत्वपूर्ण सफ्टवेयरमा सहजीकरण भइसकेको छ भनी विद्यालय तहमा अत्यन्तै प्रयोग गरिने इमिसका बारेमा पनि सहजिकरण गरिएको छ ।
यस तालिम कार्यक्रममा क्यान बर्दियाले पनि सहजीकरण गरिरहेको छ भने विभिन्न राष्ट्रिय स्तरमा ख्याती प्राप्त सहजकर्ता हरूको पनि उपस्थित हुनेछ ।
यस प्रकारका तालिम हरुले शिक्षकहरुलाई एकातिर यो फुर्सदको समयमा व्यस्तता गराउने छ भने अर्कोतिर प्रविधिका केही कुराहरु सिक्दै आफूलाई प्रविधिमा आत्मसात् गर्दै अगाडि बढ्न उत्प्रेरित गर्दछ ।  त्यसैले  प्रविधिमैत्री शिक्षक समाज बर्दियाको यो सत्कार्यमा बर्दिया जिल्लाका सम्पूर्ण शिक्षक तथा शिक्षा क्षेत्रमा लागेका हरेक व्यक्तिहरुले सहभागी भएर लाभ लिनु पर्ने देखिन्छ ।
 हो हरेक काममा जति सम्भावनाहरु छन् त्यति नि चुनौतिहरु पनि थपिंदै जाने रहेछन् ।  पङ्क्तिकार स्वयम् यो अभियानको एक अभियान्ता भएको नाताले पनि यस प्रकारका कार्यक्रमहरूको आयोजना गरिरहँदा विभिन्न प्रकारका चुनौतीहरूको सामना गरिरहनुपरेको आफ्नै महशुसलाई यहाँ उल्लेख गर्न उपयुक्त ठान्दछ ।  वास्तवमा अनियमित विद्युत् आपूर्ति र इन्टरनेटको राम्रो सुविधा नहुँदा यसप्रकारका तालिमहरु को आयोजना गरेर मात्र नहुने रहेछ ।  कार्यक्रम सुरु हुनासाथ विद्युत अवरुद्ध हुने इन्टरनेट सेवा अवरुद्ध हुने जस्ता समस्याहरुबाट अत्यन्तै पीडा हुँदो रहेछ ।  यावत् कुराहरु हाम्रो साथमा नहुँदानहुँदै पनि केही यसै क्षेत्रका व्यक्तिहरुले यस्ता अभियानहरु मा सल्लाह(सुझाव दिनुको साटो हतोत्साही बनाउने नियतले नमिठा अभिव्यक्तिहरु दिँदा असाध्यै मन दुख्ने रहेछ ।  तसर्थ सक्नेहरुलाई केही गर्न दिउँ यदि सकिन्न भने केही गर्न चाहनेहरुका काममा व्यवधान नपुर्याउँ ।  सकिन्छ सहयोग गरौ सकिँदैन असहयोग नगरौं ।
 आउनुहोस् प्रविधिलाई सिक्न् र सिकाउने यो महान पवित्र र निःशुल्क अभियानमा बर्दिया जिल्ला लगायत विभिन्न स्थानका शैक्षिक अभियान्ता हरुलाई प्रविधिमैत्री शिक्षक समाज नेपाल हार्दिक स्वागत गर्दछ । साँच्चिकै यस्ता कार्यक्रमहरु सरकारी तवरबाट आयोजना  गरिएको भए हजारौँ हैन लाखौं करोडौंको बजेट  लगाउनुपर्ने अवस्था हुन्थ्यो ।  अझ त्यो बजेटको पनि सही रुपमा परिचालन नहुने अवस्था हुन सक्दथ्यो ।  विगतमा यस प्रकारका विभिन्न क्रियाकलापहरु देखिने गरेका छन् ।   विद्यालयमा सूचना र प्रविधिको स्थापना गर्नका निमित्त आएको लाखौं करोडौं काम बजेटबाट किनिएका कम्युटरहरु हरु अहिले विद्यालयमा माकुराको जालो लागेर त्यतिकै थन्किएर खिया लागिरहेका छन् ।
यो अभियानलाई हेर्दा अहिले शिक्षकहरु सुतेका छैनन् रातदिन नभनीकन प्रविधिलाई सिक्ने र सिकाउने कार्यमा निरन्तर रुपमा लागिरहेका छन् । बर्दिया जिल्लामा शुरु गरिएको एक विद्यालय एक एसटीएफटी फोकल टिचरको अभियान पनि यसकैको एउटा उदाहरण हो । एउटा एक दिनको कार्यक्रम आयोजना गरि त्यसलाई सम्पन्न गर्नका लागि कति गरिपुर्याउनु पर्दछ भने यहाँ त  हप्तापन्ध्र दिन हैन महिना दिनका तालिमहरुको आयोजना गरि सफलतापूर्वक सम्पन्न गरिएका छन् । भर्खरै मात्र कर्णाली  प्रदेशको दैलेख जिल्लाले पनि यस प्रकारको नमूनायोग्य उदाहरण प्रस्तुत गरिसकेको छ ।
त्यसैले प्रविधिमैत्री शिक्षक समाजको देशव्यापी अभियानमा जो जहाँबाट जसरी जोडिन सकिन्छ त्यसैगरी नै जोडिएर यो अभियानमा सहभागी बनौँ प्रविधि सिकौँ सिकाउँ ।
 “हामी तयार छौँ, बालबालिका उत्सुक छन्,  प्रविधियुक्त कक्षाकोठा आजको आवश्यकता ।”
                                                                जय प्रविधि



Post a Comment

0 Comments