 |
| प्रस्तुती : प्रभात सुवेदी |
नेपालको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको दक्षिण पश्चिममा र हाल प्रदेश न ५ मा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रूपमा पनि चिनिन्छ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू(भाग ९६८।७६५० तराईको समतल जमिनले ओगटेको छ भने बाँकि भाग ९३१।२७५० चुरे पर्वत पर्दछ । पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराईं गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ । त्यसैले यस जिल्लालाई विविधताको जिल्ला मान्न सकिन्छ ।
राणा प्रधानमन्त्री श्री ३ जङ्ग बहादुरको समयमा कञ्चनपुर नयाँ मुलुकको रुपमा नेपाललाई हस्तान्तरण गरिएको थियो । सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात कैलाली, कञ्चनपुर, बाँके र बर्दिया नयाँ मुलुकको रूपमा नेपालको भुभाग भएको हो । विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट ईण्डीया कम्पनीलाई सहयोग गरेवापत विसं १७७३ को सुगौलीसन्धिबाट गुमेको भू(भाग मध्ये पुरस्कारस्वरूप विसं १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगायतका चार जिल्लाहरूलाई नयाँ मुलुकको रूपमा चिनिन्छ । बर्दिया जिल्ला बढैया तालको जिल्ला, गजराज हात्तिको जिल्ला, थारु बहुलको जिल्ला, जङ्गलै जङ्गलको जिल्ला, नेपालकै लामो सडकपुलको जिल्ला, कुश बेल तथा कृष्णसारको जिल्लाभएकोले तपोभूमिको जिल्ला तथा एक खम्बे पुलको जिल्लाको आदि धेरै उपमाले पनि परिचित छ ।
त्यसैले आफ्नै मौलिक परिचय र पहिचान बोकेको मध्य र सुदुर पश्चिमकै मुलद्वारको रुपमा रहेको बर्दिया जिल्ला वास्तबमै आफ्नै मौलिक, सांस्कृति र सुन्दरतामा रमणीय जिल्ला पनि हो ्र मध्य पश्चिमाञ्चल विकास क्षेत्रको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भन्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको आक्षंस २८।७ण्(२८।३५ण् र देशान्तर ८१।३ण्(८१।४१ण् तथा समुन्द्री सतह देखि १३८(१२७९ मिटर उचाई सम्म अवस्थित छ ्र बर्दिया जिल्लाको पर्यटकीय सम्भावना तथा विशेषताहरु स्
१० नेपालकै सबैभन्दा लामो कर्णाली ९गेरुवा० नदिमा बनेको कोठियाघाट सडक पुल ९१०१५ मि।० ्र
२० नेपालमै सबैभन्दा बढी पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तु बिबिध प्रजाति रहेको ८९६ वर्ग मि। फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज ्र
३० एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी सडक पुल ्र
४० बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार ्र
५० पुरातत्वले महत्वपुर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुरबाबा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, बागेश्वरी मन्दिर, सन्तोषी मन्दिर, कालिका मन्दिर, शितलामाई मन्दिर, केदारेश्वरधाम, तारकेशोर मन्दिर जानकी मन्दिर आंदी ्र
६० प्राकृतिक रुपले निर्मित, दक्षिण एशियाका चराचुरुंगीको क्रिडास्थल, कमलको फुल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैया ताल ्र
७० प्राकृतिक रुपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखोलवा ताल ्र
८० जिल्लाको करिब ५३ प्रतिशत जनघनत्व रहेको थारु जाति, राजी, चेपांग, आदि बिबिध संस्कृति ्र
९० अन्नको भण्डार ्र
१०० कुरिलो , घ्यु कुमारी जस्ता अनेक जडिबुटी ्र
नेपालको वर्तमान संरचना अनुसार ६ नगरपालिका र २ ओटा गाउँपालका रहेका छन् जसमा बढैयातालको नामले बढैयाताल गाउँपालिका र गेरुवा नदीको नामले गेरुवा गाउँपालिका रहेका छन् भने राजापुर, ठाकुरबाबा, मधुवन, गुलिरया, बारबर्दिया र बाँसगढी नगरपालिकाहरु रहेका छन् ।
सबै पालिकाहरुके संक्षिप्त परिचय यस प्रकार रहेको छ ।
बढैयाताल गाउँपालिका :
भौगोलिक हिसाबले ८१०२३’१७” देखि ८१०३३’४९” पूर्वी देशान्तर र २८०४’११” देखि २८०१३’५८” उत्तरी अक्षांशमा अवस्थित बढैयाताल गाउँपालिका प्रदेश नं।५ क्षेत्रको एउटा प्रमुख धार्मिक, ऐतिहासिक तथा व्यवसायिक औधोगिक क्षेत्र हो । यस गाउँपालिका समुद्री सतहबाट १४३ मिटरदेखि १५७ मिटरसम्मको उचाइमा अवस्थित छ भने ११५।१९ वर्ग कि।मी।क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा बाँसगढी नगरपालिका पश्चिमतिर गुलरिया नगरपालिका, दक्षिणमा भारत रहेको छ भने पूर्वमा बाँके जिल्ला रहेको छ ।
गाउँपालिकाको तापक्रम वि।स। २०७४ मा न्यूनतम ७।७ डिग्री सेल्सियसदेखि अधिकतम तापक्रम ४२।२ डिग्री सेल्सियसका बीच रहेको पाईन्छ । बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रुपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्क अनुसार सबैभन्दा धेरै १९,५७१ अर्थात ३९।२ प्रतिशत तराई जनजाती, दोस्रोमा १३,४५२ अर्थात २६।९ प्रतिशत ब्राह्मण क्षेत्रीहरू, तेस्रोमा पहाडी दलित, चौथो र पाँचौमा क्रमश जनजाती र तराइ अन्य तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा कृषि, व्यापार, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोत व्यापार, उद्योग, साथै विकल्पमा नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने निजी र सामुदायिक गरेर ५३ विद्यालय रहेका छन् । अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका÷नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होलि, महाशिवरात्री, माघी, कृष्णजन्माष्टमी, बकरइद, रमजान, छठपर्व, होली, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।
गेरुवा गाउँपालिका :

चिसापानी क्षेत्रबाट कर्णाली नदी दुई दिशा छुटिएको छ । कर्णाली नदी दुईतिरबाट भएर जाँदा बिचमा बनेको टापुमा गेरुवा गाउँपालिका रहेको छ । यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । गाउँपालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्जको मनोरम दृश्य तथा निकुञ्जका वन्यजन्तु ९बाघ, भालु, हात्ति, मृग आदि० अवलोकन गर्न पाइन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३÷११÷२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३÷११÷२२ मा साविकका पाताभार, गोला, पशुपतिनगर र मनाउ गा।वि।स। समावेश गरी जम्मा ६ वडाहरू कायम गरी गेरुवा गाउँपालिका घोषणा गरिएको हो ।
विश्व मानचित्रमा गेरुवा गाउँपालिकाको भौगोलिक अवस्थिति २८ड्ढ२४ु १८।१७ू देखि २८ड्ढ३५ु३६।०४ू उत्तरी आक्षांससम्म र ८१ड्ढ८ु ५१ू देखि ८१ड्ढ१५ु १२ू पूर्वी देशान्तरसम्म फैलिएको छ । यो गाउँपालिका समुद्री सतहबाट १४५ मिटरदेखि १८० मिटरसम्मको उचाइमा फैलिएको छ । त्यसैगरी ७८।४१ वर्ग कि।मि। क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा राजापुर नगरपालिका, उत्तरमा कैलाली जिल्ला र दक्षिणमा राजापुर नगरपालिका रहेका छन् ।
यस गाउँपालिकाको कुल जनसंख्या ४०, ६५४ रहेको छ जसमध्ये पुरूष २०,८६४ र महिला १९,७९० जना रहेका छन् ।
बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरूमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा गेरुवा गाउँपालिका रहेको छ । तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतहरूमा साना व्यापार, सेवामुलक व्यवसाय, नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढीरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि माध्यामिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरू रहेका छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सीमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् ।
विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाव, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।
राजापुर नगरपालिका :
वि। स। २०७१।०१। २५ गते साविकका दौलतपुर, बदालपुर, नयाँगाउँ, राजापुर, भिम्मापुर र मानपुर टपरा गाविसलाई समायोजन गरी राजापुर नगरपालिकाको घोषणा गरिएको थियो । त्यस पछि २०७३।११।२४ सालमा पुन स् यस नगरपालिकामा खैरी चन्दनपुर गाविसलाई समेत समायोजन गरि यस नगरपालिकाको क्षेत्र बिस्तर भएको हो । साबिक राजापुर नगरपालिकालाई १९ वटा वडामा विभाजन गरिएको थियो । भने २०७४ साल मा १० वटा वडामा मात्र विभाजन गरिएको छ ।
यस नगरपालिकाको पुर्वी सिमामा मधुवन नगरपालिका, पश्चिममा प्रदेश न। ७ को सिमाना, उत्तरमा गेरुवा गाउँपालिका र दक्षिणमा भारतको सिमाना यस नगरपालिकाको कुल जनसख्या ६३,२९४ मध्ये महिला ३३,९१५ र पुरुष २९,३८९ छन् । गणेश मन्दिर यहाँको प्रमुख धार्मिक क्षेत्र हो । बर्दियाको प्राचीन इतिहास हेर्ने हो भने दुर्गम कर्णालीको प्रमुख व्यापारिक केन्द्रको रुपमा राजपुर बजार रहेको पाइन्छ ।
ठाकुरबाबा नगरपालिका :

प्रदेश नम्वर ५ अन्तर्गत वर्दिया जिल्लाको साविकका बगनाहा, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ठाकुरद्वारामा रहेको ठाकुरद्वार मन्दिरको नामबाट यस ठाकुरबाबा नगरपालिकाको स्थापना २०७३ फाल्गुण २७ मा भएको हो । संघीय प्रणाली अनुसार यो नगरपालिका बर्दिया निर्वाचन क्षेत्र नं २ र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा २९क० मा पर्दछ । यस नगरपालिका भौगोलिक सिमाना, भौतिक पूर्वाधार तथा सामाजिक मुल्य मन्यताको आधारमा ९ ओटा वडा विभाजन गरिएको छ । भौगोलिक हिसाबले यस ठाकुरवावा नगरपालिका पुर्वमा बर्दिया राष्ट्रिय निकुन्ज, पश्चिममा बर्दिया राष्ट्रिय निकुन्ज, उत्तरमा बर्दिया राष्ट्रिय निकुन्ज र दक्षिणमा मधुवन नगरपालिका र राजापुर नगरपालिका पर्दछ । २०७५ को घरधुरी सर्वेक्षणको आधारमा यस नगरपालिकाको १०,६६७ घरधुरी र कुल जनसँख्या रहेको ५५,८१४ जस मध्ये पुरुष २७,३०२ महिला २८,५११ र अन्य १ जना रहेको छ । यो नगरपालिकाको अक्षांश २८ डिग्री २३ मिनेट देखि २८ डिग्री २३ मिनेट उत्तरी अक्षांशसम्म, ८१ डिग्री ११ मिनेटदेखि ८१ डिग्री १९ मिनेट पूर्वी देशाान्तरसम्म फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल १०४।५७ वर्ग किलोमिटर रहेको छ । यहाँको जनघनत्व ५३४ रहेको छ । सरदर सामुन्द्रिक सतहबाट १७५ मिटरको उचाईमा रहेको यहाँको बार्षिक औषत तापक्रम न्युनतम ८ डिग्री सेल्सीयस देखि अधिकतम ४३ डिग्री सेल्सीयस र औषत वार्षिक बर्षा ११२० मि।लि।हुने गरेको छ ।
यातायातको आंशिक विकास भएको यस क्षेत्र जिल्ला सदरमुकाम गुलरीयाबाट २२ किलोमिटर दुरीमा उत्तर पश्चिममा अवस्थित छ । प्रसाशनिक कामका लागी सदरमुकाम जाने भएता पनि दैनिक उपभोग्य बस्तु किनमेलको लागि यहाँका बासिन्दाहरु यसै नगरपालिका अन्तर्गत पर्ने भुरीगाँउ बजार, बगनाहा बजार, बकुवा बजार, ठाकुरद्वारा बजार, शाहीपुर बजारबाट गर्ने गरको पाईन्छ । नगरपालिकाबाट मुख्य राजमार्ग भएर जुनसुकै वेला अन्य जिल्ला तथा भुरीगाँउ ढोढरी मार्गले गुलरीया सदरमुकामलाई जोडेको छ जसले गर्दा मानिसहरुलाई आवतजावत गर्न सजिलो भएको छ ।
मधुवन नगरपालिका:

नेपालको प्रदेश नं ( ५ अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार ९मन्त्रिपरिषद्० को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो ्र साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा।बि।स।समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ ्र यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलारियाबाट ६ कि।मि। दुरीमा पश्चिम दक्षिणमा अवस्थित छ र यस नगरपालिकाको पूर्वमा बारबर्दिया नगरपालिका ,पश्चिममा राजापुर नगरपालिका र छिमेकि मुलुक भारत , उत्तरमा बर्दिया राष्ट्रिय निकुन्ज र ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलारिया नगरपालिका र छिमेकि मुलुक भारत सँग सिमाना जोडिएको छ्र यस नगरपालिकाको क्षेत्रफल १२९।७३ वर्ग कि।मि। रहेको छ यो नगरपालिका अक्षांश २६० २१ु उत्तर देखि २९० ७ु उत्तर सम्म र देशान्तर ८०० २१ु पूर्व देखि ८१० १०ु पूर्व सम्म छ भने समुन्द्र सतहबाट उचाई १७५ मिटर रहेको छ ्र यस नगरपालिकामा ११२४३ घरधुरीमा कुल जनसंख्या ५८३४६ रहेको छ ्र हाल यस नगरपालिकामा ९ वटा वडा रहेका छन् ्र मधुवन न।पा।को अधिकांश खेतीयोग्य जमिन समथर भएकोले माटोको बनावटमा धेरै समानता पाइन्छ ्र दोमट र चिम्टाईलो माटो पाईने यस न।पा।मा उर्बर भूमिको प्रचुरताले गर्दा कृषि उत्पादन भएको पाइन्छ । २०७५ साल असोजमा मधुवन नगरपालिका शिक्षा शाखा मार्फत गरिएको घरधुरी सर्वेक्षण अनुसार नगरपालिकामा ११२४३ घरधुरी रहेको छ भने कुल जनसंख्या ५८३४६ रहेको छ ्र जस मध्ये महिलाको जनसंख्या २८८२९९४९।४१५० र पुरुषको जनसंख्या २९५१७९५०।५९५० रहेको छ ्र यस नगरपालिकाका अधिकांश मानिसहरु हिन्दुधर्म ९९६।८६५० मान्दछन भने बौद्द९ ०।१८५ ० मुस्लिम ९१।२३५०, इसाई ९१।७३५० धर्म मान्नेहरु रहेका छन् ्र यो नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा सास्कृतिक सम्पदाहरु रहेका छन् ्र बर्दिया रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र , खाता जैविक मार्ग, गेरुवा कर्णाली पुल, ऐतिहासिक ताराताल लगायतका विभिन्न मन्दिर, चर्च तथा गुम्बा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् ्र विभिन्न उत्सब र चाडपर्बमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन ्र यहाँ बसोबास गर्ने ब्राह्मण , क्षेत्री , थारु, मधेसी, दलित, मगर, गुरुङ, नेवार जातिको बसोबास भएको यस नगरपालिकामा मुख्यतय शिवरात्री, दशैं, माघे संक्रान्ति, चैते दशैं जस्ता चाडपर्वमा विशेषगरी यस क्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थरुजातिको मौलिक सस्क्रितले पनि यस क्षेत्रको बिशिस्ट सास्कृतिक पहिचान बोकेको छ ।
गुलरिया नगरपालिका :

तत्कालीन गुलरिया मथुराहरद्वार, साविक मोहम्मदपुर गा।बि।स। र खैरापुर गाविस लाई मिलाएर वि।स। २०७३ सालमा गुलरिया नगरपालिकाको घोषणा भएको हो ्र कुल घरपरिवार संख्या १३८३१ रहेको यस न। पा मा कुल जनसंख्या ७१९९१ रहेको छ जस मध्ये ३६९७२ पुरुष र ३५०१९ महिला रहेका छन् ्र गुलरिया नगरपालिका तराई क्षेत्रमा पर्दछ र समुन्द्र सतह देखि १४५ मि उचाईमा रहेको छ ्र यो न।पा प्रदेश न। ५ स्थित बर्दिया जिल्ला मा पर्दछ । पूर्वमा बढंयाताल पश्चिम मधुवन उत्तरमा बारबर्दिया नगरपालिका सिमाना पर्दछ भने दक्षिणमा भारतको बहराइच जिल्ला पर्दछ ।
गुलरिया नगरपालिका नदीको बेसिन क्षेत्रमाअवस्थित , मलिलो तथा सिंचित भुमि, तराइको सम्म भूभाग तथा पुर्व पश्चिम राजमार्गबाट नजिक रहेको शहर भावी विस्तारका लागि समेत सम्भावना बोकेको शहर हो ्र कर्णाली नदि प्रणालीको साखा नदीको रुपमा रहेको बबई बर्दिया राष्ट्रिय निकुन्ज हुदै यस नगरको पूर्वी सिमाना भएर बग्दछ ्र त्यसै गरि यस नगरको पश्चिम भागलाई सर्जु नदीले सिंचित गरेको छ ।
गुलरियाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७।७ डिग्री सेल्सियस रहेको छ भने औसत बार्षिक वर्षा १०५० मि।मि रहेको छ ।
बारबर्दिया नगरपालिका :
नेपालको ५ नं। प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २६ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उतर आक्षांश सम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उतर देशान्तर सम्ममा अवस्थित रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । यस नगरपालिकाको कुल जनसंख्या ६८०१२ रहेको छ जसमा ३२६७३ पुरुष तथा ३५३३९ महिला रहेका छन । यो नगरपालिका २२६।०९ वर्ग किमी क्षेत्रमा फैलिएको छ भने यसको उचाई समुन्द्री सतहदेखि करिव १७५ मिटरमा रहेको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य विष्तृत विवरण देहाय अनुसार रहेको छ ।
बाँसगढी नगरपालिका परिचय :

नेपालको ५ नं। प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार ९मन्त्रीपरिषद्० को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २५ कि।मी। उत्तर पूर्वमा अवथिस्त छ र पूर्व पश्चिम राजमार्ग यस नगरपालिका बीच हुँदै गरुको छ ।पूर्वमा सल्यानको काप्रेचौर, मानखोला ९बाँके ०, पश्चिममा ग्याङ नदी ९बार बर्दिया नगरपालिका०, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा बढैया ताल गाउँपालिका सँग यो नगरपालिका जोडिएको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य बिष्तृत विवरण देहाय अनुसार रहेको छ । नगरपालिकाको क्षेत्रफल २०६ वर्ग कि।मी।रहेको छ भने अक्षांश २८ड्ढ १३’ उत्तर देखि २८ड्ढ २४’ उत्तर सम्म, देशान्तर ८१ड्ढ २५’ पूर्व देखि ८१ड्ढ ४६’ पूर्व सम्म रहेको छ ।
बर्दिया जिल्लामा बर्दिया राष्टिय निकुञ्ज स्थापना हुनु पुर्व यहाँका थारु जातिमा ससुराली जाँदा सूपो लिनुपर्ने परम्परा रहेको थियो । सूपो बनाउन जंगलतिरबाट बाँस लिएर आई हाल बाँसगढी बजार क्षेत्रमा बसी बाँसको चोया बनाउने काम गरेकोले बाँसगढी नाम रहन गएको स्थानीय मानिसहरुको भनाई रहेको छ । त्यसैगरी यस नगरपालिकाको वडा नं। ५ मा पर्ने बाँसगढी गाउँमा पहिले बाँसको घारी रहेको हुँदा पछि गएर बाँसगढी हुन गएको एकाथरीको भनाई रहेको छ । यसैगरी रेउकुलो नामबाट चर्चित पुराने गीतमा बाँसगढी गाउँ भन्ने उल्लेख भएको हुँद यो ठाउँको नाम बाँसगढी हुन गएको भन्ने पनि भनाई छ ।
बाँसगढी नगरपालिका समुद्र सतह देखि१५४ मी। उचाइमा रहेको छ । यस क्षेत्रको हावापानी उष्ण मनसुनी देखि समशितोष्ण प्रकारको रहेको छ । वार्षिक सरदर वर्षा ११३० मि।मि। हुने गरेको यस नगरपालिका क्षेत्रको अधिकतम तापक्रम ४३ डीग्री सम्म पुग्ने गर्दछ भने न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियसमा झर्ने गर्दछ ।
बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्वा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् । विभिन्न उत्सव र चाडपर्वमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन् । शिवरात्री, दशैं, माघे संक्रान्ती, चैते दशैं जस्ता चाडपर्वमा विषेशगरी यसक्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थारुजातिको मौलिक संस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ । वडा नं। ५ मा अवश्थित केदारेश्वर धाम यस नगरपालिकाको प्रमुख साँस्कृतिक धरोहरका रुपमा रहेको छ ।
बबई नदी, ग्याङ नदी, मान खोला, डुन्डुवा खोला, घट्टे खोला, लौहवा खोला, अक्षेखिया खोला, शेभाङ खोला, दोन्द्रे खोला, खोटे खोला, भङ्गाहा खोला, दोभान खोला, चिसी खोला, चप्ला नाला, फोहिया नाला, कन्जरवा नाला, बोक्सीनिया नाला यस न।पा।का प्रमुख नदीनालाहरु हुन । न।पा। भित्रका लक्ष्मणा ताल, मोतिपुर ताल, दमौली ताल, बाँसगढी ताल प्रमुख तालहरु हुन भने च्यामा र राँझा सिमसार क्षेत्र रहेका छन् ।
बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्वा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् । विभिन्न उत्सव र चाडपर्वमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन् । शिवरात्री, दशैं, माघे संक्रान्ती, चैते दशैं जस्ता चाडपर्वमा विषेशगरी यसक्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थारुजातिको मौलिक संस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ । वडा नं। ५ मा अवश्थित केदारेश्वर धाम यस नगरपालिकाको प्रमुख साँस्कृतिक धरोहरका रुपमा रहेको छ ।
बाँसगढी न।पा।को अधिकांश खेतियोग्य जमीन समथर भएकोले माटोको वनावटमा धेरै समानता पाइन्छ । दोमट र चिम्टाइलो माटो पाईने यस नपामा उर्वर भुमिको प्रचुरताले गर्दा राम्रो कृषि उत्पादन भएको पाइन्छ । न।पा। को वार्षिक नगर विकास योजना २०७३।०७४ अनुसार कुल भुभाग मध्ये कृषियोग्य जमिन ४० प्रतिशत, वनजंगल ५० प्रतिशत, झाडी ३ प्रतिशत, घाँसे मैदान चौर ३ प्रतिशत, खोला खोल्सी पोखरी २ प्रतिशत, बगर बालुवायुक्त जमिन १ प्रतिशत र बाक्लो शहरी बस्ती १ प्रतिशत रहेको छ । धान, गहुँ, मकै, मसुरो, केराउ, तोरी, अरहर, मास, आलु, चना यस क्षेत्रको प्रमुख बाली हुन् ।
हेर्नुहोस् भिडियो :-
स्रोत : विभिन्न अनलाइन तथा विकिपेडिया ।
0 Comments