यतिखेर नेपालको साङ्गीतिक क्षेत्रमा सर्वत्र चर्चामा आएको विषय हो नेपाल आइडल सिजन तीन । एपि वन एचडी टेलिभिजनबाट निरन्तर प्रसारण हुँदै आएको यो कार्यक्रमले हालसम्म दुईजना आइडल दिइसकेको छ भने अबको केही दिनभित्रै तेस्रो आइडल पनि घोषणा हुँदैछ ।
प्रविनलाई भोट गर्ने तरीका
अहिलेको यो स्पर्धामा गेरुवा गाउँपालकिा बर्दियाका प्रविन बेडवाल, मोरङकी सज्जा चौलागाईं र बर्दिबास महोत्तरीका किरण कुमार भुजेल उत्कृष्ट तीनमा छनोट भएका छन् । यी तीनै जनाको फाइनल राउण्डका लागि भदौ पाँच गते शुक्रबार प्रस्तुती भएको थियो । यसअघि वुद्ध लामा र रवी ओडले पहिलो र दोस्रो आइडलको उपाधि चुमिसकेका छन् । भने तेस्रो आइडलको उपाधि कसले चुम्ने हो अब केही दिनमै यसको नतिजा घोषणा हुँदैछ । यसका लागि भोटिङ लाइन यहि भदौ १२ गते शुक्रबार अपरान्ह ५ बजेसम्म खुला रहने भएको छ ।
सबै प्रतिष्पर्धीहरुको आ–आफ्नै विषेशता र खुबीहरु रहेका छन् तैपनि पूर्वीय सङ्गीतको औपचारिक अध्ययन गरेर गीतको शाब्दिक मर्म र सङ्गीतको भावलाई अक्षरसः उतारेर गाउने सिपका कारण प्रविन बेडवालले सबैको मन जितिरहेका छन् । उनका लागि देश विदेशमा बस्ने आम नेपालीहरुले निकै साथ दिइरहेका छन् । खासगरी शास्त्रीय सङ्गीतको ज्ञानका कारण सङ्गीतका नोटहरु मज्जाले खेलाएर गाउन सक्ने उनको उच्च साङ्गितीक क्षमताका कारण कतिपयले उनको आगमनसँगै अब नेपाली सङ्गीतमा अर्को युगको थालनी हुने बताएका छन् । उनको गायकीबाट निर्णायकहरु न्ह्यूँ बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटा समेत लालायित छन् । उनले हालसम्म भक्तराज आचार्य, नारायण गोपाल, नरेन्द्र प्यासी लगायतका नेपालका मुर्धन्य गायकहरुको गीत गाइसकेका छन् भने भारतीय गायक सोनु निगमको आवाजमा रहेको गीत समेत उनले गाइसकेका छन् ।
जीवनभर नै सङ्गीतमा आफूलाई समर्पित गर्ने प्रतिवद्धताका साथ अगाडि बढेका प्रविन बेडवालाई सबैले भोटिङ गरेर नेपाल आइडलको ताज पहिर्याउनका लागि सम्पूर्ण बर्दियाबासीहरुले देश विदेशमा रहनुभएका सबै नेपालीहरुलाई आह्वान गरेका छन् । उनी नेपाल आइडल हुनु भनेको नेपाली सुगम सङ्गीतप्रतिको सच्चा सम्मान हो । प्रविन बेडवाललाइ भोट गर्नका लागि निम्न तरीकाहरु रहेका छन् :
तरीका नं. १ : नेपालबाट सिधै 16667709 डायल गर्ने
तरीका २ : मोबाइलको म्यासेजबाट NI 09 टाइप गरी 37000 मा SMS पठाउने
: भारतमा (Vodaffone) प्रयाेगकर्ताले NI 09 टाइप गरी भारतमा भोडाफोन प्रयोगकर्ताले 53010 मा SMS पठाउने
: कतारमा (Oredoo) प्रयोगकर्ताले 92300 मा SMS पठाउने
: मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310 मा SMS पठाउने
तरीका ३ : अनलाइन भोटिङ्गका लागि Playstore बाट Esewa र Respect and Rise App डाउनलोड गरी पनि भोट गर्न सकिनेछ । भोट जति पनि गर्न पाइनेछ । भोट गर्ने अन्तिम समय भदौ १२ गते शुक्रबार अपरान्ह ५ बजेसम्म रहेको छ ।
हामी पनि बर्दियाबाट सहभागी भएका प्रविन बेडवाललाई नेपाल आइडल बनाउनका लागि यहाँहरु सबैलाई धेरै भन्दा धेरै भोट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । अहिले नै भोट गरिदिनुहोला हजुरले पनि ।
हेर्नुहोस् उनले गाएको यो गीत तिम्रो जस्तो मुटु मेरो पनि ....!
0 Comments