![]() |
| प्रविन बेडवाललाई सक्दो भोट गरौँ |
विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल हो । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ । नेपालका प्रमुख शहरहरु नेपालगञ्ज, बुटवल, नारायणगढ, बीरगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक मण्डलमा संगीतकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासक्कोटा र गायिका र गायिका इन्दिरा जोशी रहेका छन् ।
प्रमुख आकर्षणको केन्द्रमा विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछन् ।
अहिलेको यो स्पर्धामा गेरुवा गाउँपालकिा बर्दियाका प्रविन बेडवाल, मोरङकी सज्जा चौलागाईं र बर्दिबास महोत्तरीका किरण कुमार भुजेल उत्कृष्ट तीनमा छनोट भएका छन् । यी तीनै जनाको फाइनल राउण्डका लागि भदौ पाँच गते शुक्रबार प्रस्तुती भएको थियो । यसअघि वुद्ध लामा र रवी ओडले पहिलो र दोस्रो आइडलको उपाधि चुमिसकेका छन् भने तेस्रो आइडलको उपाधि कसले चुम्ने हो अब केही दिनमै अर्थात शुक्रबारपछी यसको नतिजा घोषणा हुँदैछ । यसका लागि भोटिङ लाइन यहि भदौ १२ गते शुक्रबार अपरान्ह ५ बजेसम्म खुला रहने भएको छ ।
सबै प्रतिष्पर्धीहरुको आ–आफ्नै विषेशता र खुबीहरु रहेका छन् तैपनि पूर्वीय सङ्गीतको औपचारिक अध्ययन गरेर गीतको शाब्दिक मर्म र सङ्गीतको भावलाई अक्षरसः उतारेर गाउने सिपका कारण प्रविन बेडवालले सबैको मन जितिरहेका छन् । उनका लागि देश विदेशमा बस्ने आम नेपालीहरुले निकै साथ दिइरहेका छन् । खासगरी शास्त्रीय सङ्गीतको ज्ञानका कारण सङ्गीतका नोटहरु मज्जाले खेलाएर गाउन सक्ने उनको उच्च साङ्गितीक क्षमताका कारण कतिपयले उनको आगमनसँगै अब नेपाली सङ्गीतमा अर्को युगको थालनी हुने बताएका छन् ।
उनको गायकीबाट निर्णायकहरु न्ह्यूँ बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बास्कोटा समेत लालायित र निकै प्रभावित पनि छन् । उनले हालसम्म भक्तराज आचार्य, नारायण गोपाल, नरेन्द्र प्यासी लगायतका नेपालका मुर्धन्य गायकहरुको गीत गाइसकेका छन् भने भारतीय गायक सोनु निगमको आवाजमा रहेको गीत समेत उनले गाइसकेका छन् ।
अब कुरा गरौ बर्दियाबाट सहभागी भएका प्रविन बेडवाल नेपाल आइडल सिजन ३ को बिजेता बन्नु पर्दछ भन्ने केही आधारहरु ः स्पष्ट देखिन्छन् । पहिलो त हुने शास्त्रीय संगीतको आधार वा जगबाट आएका एक प्रतिस्पर्धी हुन् । अर्को कुरा उनले संगीतलाई नै आफ्नो जीवन ठानेका छन् । उनको गायकी शैली र उनको संगीत प्रतिको लगाव हेर्दा लाग्दछ कुनै संगीत क्षेत्रकै लागि जन्मिएका एक नक्षत्र हुन् । पक्कै पनि उनको आगमन संगै अब नेपाली गीतसंगीतको क्षेत्रमा एउटा अर्को नयाँ आयाम थपिने निश्चित छ । उनलाई नेपाल आइडल बनाउनै पर्नेमा निम्न आधारहरु प्रष्ट देखिएका छन् ।
प्रविनले संगीतमा नै स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गरेका छन् । सिजन तीनको गला राउन्डमा ुके भुल भयो प्रियाु बोलको प्रस्तुतिमा उनले पहिलो पटक सम्मानित प्रस्तुती तथा कोकोकोला अपलिफ्टिङ्ग पर्फर्मेन्स अफ द डे घोषित हुने प्रतियोगी पनि हुन् । सोही प्रस्तुति पश्चात नै अतिथि निर्णायक प्रकास सायमीले उनलाई ुसगीत उस्तादु को उपमा दिएका हुन् । र, नेपाल आइडलको युट्युव च्यानलमा पहिलोटक इतिहास रच्दै उक्त गीतले पहिलोपटक १० लाख दर्शक पाएको थियो भने हाल यो गीत १५ लाख पटक हेरिएको छ । जुन गीतको प्रस्तुतबाट तीनै जना निर्णायकहरुले स्टेजमै गएर अँगालोमा लिएका थिए ।
लाग्छ उनलाई स्वर सम्राट नारायणगोपालले नेपालमा आफ्नो उत्तराधिकारीका रुपमा गीत गाउनकै लागि पठाएका हुन् । उनको गायकीले स्वर सम्राट नारायण गोपालको झझल्को मेटाउँछ यदि विश्वास लाग्दैन भने सुन्नुहोला उनको स्वर । वास्तवमा उनले गाइरहँदा उनको भिडियो आँखामा र आवाज कानमा मात्रै हैन मुटुमै हान्छ अनि वास्तवमा सङ्गीतको “सा रे ग ....” बुझेकाहरुको आँखा पक्कै रसिलो हुन्छ । उनले गाएको तिम्रो जस्तो मुटु मेरो पनि गीतले हालसम्म १७ लाख बढी दर्शक पाइसकेको छ । नारायण गोपाल, भक्तराज आचार्य, नरेन्द्र प्यासी, राजेश पायल राई, शिव परियार जस्ता दिग्गज कलाकारको गीतहरु जो कोहीले गाउने आँट नै गर्दैन तर उनले गाए पनि र त सबैको मन जिते ।
कोभिडका कारण भएको लकडाउनको समयमा उत्तिकै समाज सेवामा अग्रसर रहे उनले नेपाल प्रहरीलाई कोभिड–१९ सँग सम्बन्धित जिन्सी सहयोग गरे यसैगरी मानव सेवा आश्रममा बस्नुभएकाहरुका लागि उनले खाद्यान्न समेत प्रदान गरेका थिए ।
उनका प्रत्येक प्रस्तुतीहरुसँगै केही न केही अवार्डहरु पाइरहेकै छन् । अवार्डमा सबैभन्दा ठूलको अवार्ड त दर्शक तथा श्रोताहरुको अपार माया नै हो ।
अझ स्वय निर्णायकहरुले नै नेपाल आइडलको हिरा नै प्रविन बेडवाल हो भनेर उद्घोष गरिसकेका छन् भने अब प्रविन बाहेक अरु त आइडल हुनै सक्दैनन् ।
प्रविन भन्छन् स् मेरो जीवन नै गीत संगीत मा समर्पण गरेको छु र बाचुन्जेल गरिनै रहनेछु । आज फेरि यहाँहरुसँग अमूल्य भोटका लागि हार्दिक अनुरोध गर्दैछु । नेपाल आइडल(३ को फाइनलसम्मको यात्रामा जसरी साथ दिनुभयो त्यसैगरी फेरि एकपटक भोट प्रदान गरेर महत्वपूर्ण सहयोग गरिदिनुहुन हृदयदेखि नै अनुरोध गर्दछु । आजसम्मको यात्रामा यहाँहरुले गर्नुभएको साथ र भोटबाट म जति ऋणी भएको छु, त्यो सबै गीत(संगितबाट नै यहाँहरुलाई खुशी बनाउने मेरो प्रयत्न रहिरनेछ । मलाई विश्वास छ यहाँहरुले मलाई भोट अवश्य गरिदिनुहुनेछ ।
आफ्नो फेसबुकमार्फत उनी यसो भन्छन् स् म तपाईंहरू सबैलाई धन्यवाद दिनका लागि यो उत्तम अवसर ठानेको छु । मेरो नेपाल आइडलको यात्रामा तपाइहरु नै सबै भन्दा राम्रो र नजिकको सहयोगी हुनुहुनछ भन्ने मेरो ठम्याइ रहेको छ । तपाईंहरूले अहिलेसम्म मलाई जे जसरी चिन्नुभयो, त्यो मेरो सौभाग्य हो । म सानै छँदादेखि नै संगीतप्रति साँचो प्रेम रह्यो, जुन मेरा लागि जति महत्वपूर्ण छ, त्यति महत्वपूर्ण यस क्षेत्रमा लागेर मैले प्राप्त गरेका सुविधाहरु नहुन सक्छ । किनकी संगीतबाहेक अरु सबै कुरा मेरा लागि गौण हुन् । अर्को शब्दमा, जब मैले मेरो क्यारियर शुरू गरेको थिएँ, तब दिमागमा अन्तिम लक्ष्य भनेको म उत्तम गायक बन्न सकुँ भन्ने नै हो । मेरो यात्रा नेपाल आइडलको तेस्रो सिजन जारी रहँदा, तपाई दर्शक श्रोताहरुले मेरो यात्रामा मसँग सामेल हुने निर्णय गर्नुभयो, मेरो साथमा, प्रत्येक पाइलामा । यस्तो लाग्थ्यो मलाई अँगालो हालेर, राम्रो र नराम्रो समयहरूमा तपाईंहरुले उचित सल्लाह दिनुभएको छ । न मैले हार मानेँ, न तपाईहरुले मेरो साथ छोड्नुभयो, जसका कारण आज म यो स्थानमा पुगेको छु ।
नेपाल आइडलमा म सहभागि भएपछि तपाईहरुको फोन, फेसबुकका पोस्टमा लाइक, कमेन्ट, म्यासेजले मलाई निकै उत्साह प्रदान गरेको छ । र यो मेरा लागि जीवनभर खास रहनेछ, विशेष रहनेछ । किनकी तपाईहरुको हरेक भूमिकाले मेरो सांगितिक यात्रामा धेरै नै मलजल गर्नेछ । हो, तपाईहरु नैं मेरो प्रेरणा हो । कतिपय अवस्थामा मेरा प्रतिस्पर्धी साथीहरुका शुभेच्छुक र मेरा शुभेच्छुकहरुबीच रेखा तानेको जस्तो हुन्थ्यो । तर हामीहरु सबैले त्यो रेखालाई मेटेका छौँ र सहयात्री बनेका छौँ तर मेरो लक्ष्य भनेको मेरा प्यारा दर्शक, श्रोता, शुभेच्छुक सबैलाई निराश पार्न चाहन्न । मेरो सफलतामा तपाईहरुले पनि गर्व गर्नुहुनेछ भन्ने विश्वास छ र त्यसैले त अहिलेसम्म अमूल्य भोट गर्नुभयो, जसका कारण म नेपाल आइडलको फाइनलमा पुगेको छु । र, मलाई लाग्छ, म फाइनल पुग्नु भनेको यहाँहरु पनि सफल हुनु हो ।
अन्त्यमा, तपाईंहरू सबैलाई फेरि पनि धन्यवाद दिन चाहन्छु । तपाईंहरु मेरो जीवनमा साँचो आशीर्वाद बनेर प्रस्तुत हुनुभएको छ । म संगीतमा कहिल्यै पनि सफल वा असफलका दृष्टिले हेर्दिन । किनकी म स्वयम् संगीतका लागि सत्य बनेर लागेको छु । मैले के भुल्नु हुँदैन भने म कहाँबाट आएको थिएँ, मेरो विगतको धरातल के हो भनेर म कहिले पनि भुल्ने छैन । र, मलाई सहयोग गर्नेहरूलाई कहिल्यै बिर्सिने छैन । अनि तपाईहरुबाट कहिले पनि टाढा हुनेछैन । यो मेरो प्रतिज्ञा हो । मप्रति तपाईंहरुको प्रेम, समर्थन र उदारताको हृदयदेखि सराहना गर्दछु । मप्रति हरपल तपाईँहरुले व्यक्त गर्नुभएको चिन्ता र उपयोगी सल्लाहका लागि धन्यवाद दिन चाहन्छु । र, यो पनि अपेक्षा रहिरहनेछ कि मलाई समर्थन गरिरहनुहुनेछ । अनि म तपाईहरुप्रति सदाको लागि कृतज्ञ रहिरहनेछु ।
स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्
अनि यो पनि अनुरोध गर्दछु कि मलाई मतदान गरिदिनुहोला, मेरो सपनाको सारथी बनिदिनुहोला ।
त्यसैले पनि सम्पूर्ण नेपाल सुगम सङगीतलाई माया गर्नुहुने सबैका लागि प्रविनलाई जिताउनु सुन्दर अवसर पनि हो । यो समभावना पनि देखिइसकेको छ किनकी युट्युवामा नेपाल आइडलको अफिसियल च्यानलबाट अपलोड भएका उनका गीतहरुले तुलनात्मक अरु प्रतिस्पर्धीहरुभन्दा बढी नै भिउज पाएका छन् । यसबाट पनि उनी नेपाल आइडल बन्नै पर्दछ । देशविदेशबाट उनलाई दिनुभएको साथ र सहयोगप्रति हार्दिक आभार र यही शुक्रबार साँझ ५ बजेसम्म निरन्तर भोट गरिदिनुहोला । धन्यवाद ।

0 Comments