ग्रीन बेल्टका काला मान्छेहरु

        बिहानी यात्रा आजभोली अधिकांश मानिहरुको लागि अपरिहार्य बनिसकेको छ । दिनानुदिन मानिस यान्त्रिक हुँदै गएको अवस्थामा दिनभरको वाद्यात्मक कार्यर्शलीका कारण धेरै मानिसहरु नशा तथा जोर्नीको समस्याबाट ग्रसित भइरहेको अवस्था छ । अनि रक्तचाप तथा मधुमेह लगायतका रोगहरु त अबका मानिसहरुका लागि सामान्य जस्तै नै भइसकेका छन् । यसैगरी थाइराइड लगायतका रोगहरुले पनि मानिसलाई दिन प्रतिदिन गाँजिरहेको अवस्था छ । चिकित्सकहरुले वर्षमा दुईपटक अनिवार्य रुपमा पूरा शरीरको जाँच गराउनका लागि सरसल्लाह दिने गरेको छन् । अझ चालीस काटेपछि त अझ आप्mनो स्वास्थ्य र खानपानको सवालमा अझ बढी ध्यान दिनका लागि सुझाव दिइरहेका छन् । त्यसैले पनि बिहानी यात्रामा आजभोलि अधिक मानिसहरु निस्किरहेको पाइन्छ । 

    यसरी बिहानी यात्रामा निस्किँदाका क्रममा भने धेरै सावधानहिरुका साथै केही भूमिका पनि निर्वाहर गर्नुपर्ने हुन्छ । खासगरी हामीले आप्mनो अधिकारको प्रयोग गरिरहँदा अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने हुन्छ । यसेबीचमा केही जिम्मेबारीहरुलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । यस प्रकारका जिम्मेवारीहरु सचेत नागरिकका हैसियतले हामी सबैले निर्वाह गर्नुपर्ने हुन्छ । जस्तो कि बिहानी यात्रामा अलिक उज्जालो भएपछि सडक बत्ती निभाउने कुरामा चासो दिनु पर्ने हुन्छ । त्यस्तै सडकको छेउछाउमा रहेका ग्रीन बेल्टहरुमा रहेका विभिन्न प्रकारका वनस्पतिहरुको पनि संरक्षण गर्नु हामी सबैको दायित्व हो । यस दायित्वबाट हामी कोही पनि पन्छिनु हुँदैन । बरु सकिन्छ भने केही बोटबिरुवाहरु लगाएर हामीले पनि योगदान दिन सक्नु पर्दछ । एकातिर हालसालै निर्माण भएका सडकहरुमा ग्रीनबेल्टहरु त्यति व्यवस्थित देखिँदैनन् र सडकको निर्माण लगत्तै यसको व्यवस्थापन तथा अन्य सुन्दरतामा सम्बन्धित निकायबाट कत्ति पनि ध्यान दिएको पाइँदैन । यसमा माटो फिलिङ्गको सवालमा पनि जस्तो पायो त्यस्तै प्रकारको माटो राखिएको पाइन्छ । अनि निर्माणका क्रममा फालिउका गिट्टी तथा बालुवाहरुलाई जस्ताको तस्तै छाडेर त्यसैमाथि नै माटोले पुरपार गरेर छाडेको पाइन्छ । अर्को कुरा सडकमा जमेको पानीको यथोचित निकास हुने गरी ठाउँ ठाउँमा पानी जाने प्वालहरु पनि राखेको देखिँदैन । यसले गर्दा सडमा नै पानी जम्न गई सडकहरु ठाउँ ठाउँमा धस्सिइरहेका छन् । अर्को कुरा के भने कहिँ कतै कतै भने सचेत नागरिकहरुले स्वप्रयासमा आफैले केही फूलका बोट तथा बिभिन्न प्रजातिका वनस्पतिहरु रोपण गरेका छन् । कहिँ त निकै सुन्दर फूलहरु पनि फूलिरहेका छन् । तर दुःखको कुरा त्यही फूल बिहानी यात्रामा निस्किने व्यक्तिहरुले निर्लज्ज चुँडेर लगिरहेको छन् । कृपया सकिन्छ रोपौँ, सकिँदैन संरक्षण गरौँ अझ सकिँदैन विनाश नगरौँ । हामी हरियो ग्रीन बेल्टका काला मान्छेहरु नबनौँ ।                                                                                                                                                                                                                                                             


Post a Comment

0 Comments