रातीदेखि विहानी झिसमिसेसम्म साथ दिने तर दिनभरको समयमा आफु भने सधै वेपत्ता भएर फेरि साँझ मसिनो र विरसिलो भएर निक्लिँदै पुनः आफ्नो रोशनी चम्काउँदै सारा बटुवा र वरपरका बासिन्दाहरुलाई यसले साथ दिन थालेको एक महिना भन्दा पनि बढी भएको छ ।गुलरिया नगरपालिका वडा नं. १ कमलपुर (१४नं.) मा विगत एक महिनादेखि निरन्तर पोलमा दुइओटा बत्तीरुहरु विना स्विच दिनरात बलिरहँदा पनि कसैको ध्यान जान सकेको छैन । यो त सामान्य उदाहरण मात्र भयो तर लोडसेडिङसँगै निभ्ने गरेका अधिकांश सडक बत्तीहरुको हालत यस्तै भैरहेको देख्दा हामी कतै निरिह प्राणी त हैनौं भन्ने लागेको छ । यसरी निरन्तर दिनरात बत्ती बलिरहँदा पनि हामी भित्रको सामाजिक भावना कता गएको हो कुन्नी केही बुझ्न सकिएको छैन ? स्थानीय होटल व्यवसायी सन्तराज पोखरेलको होटलमा रातभरी उज्यालो पार्ने ५० मिटरको दूरीमा रहेका यी दुइओटा सडकबत्तीहरु रातदिन गरी एक महिनाभन्दा पनि लामो समयसम्म बलिरहँदा न त उहाँको नै ध्यान गएको छ न त सम्बन्धित निकायको नै । उहाँ भन्नुहुन्छ, ‘स्विच थियो तर केटाकेटीहरु आएर फुटालिदिए, विद्युतको गाडी यहि बाटोबाट जाँदा मैले नै गाडि रोकेर यो बनाइदिनुस् भनी अनुरोध गरेँ तर उनीहरुले वास्तै नगरीकन गए ।’
यसरी नगर तथा गाउँघरहरुमा पनि आजभोली प्रसस्त सडक बत्तीहरु दिनभरी बलेको देख्न पाइन्छ । यो राम्रो कुरा हैन । केही सुझबुझ भएका जनताहरु बस्ने सहरी क्षेत्रहरुमा त यस्तो छ भने अरु कसलाई के भन्ने र ? लोडसेडिङ र अनवीकरणीय उर्जाको सङ्कट अझ त्यसैमाथि भारतले जारी राखेको अघोषित नाकाबन्दीको यो अवस्थामा हाम्रो दिमागको बत्ती नबल्ने हो भने अव यो मुलुक र समाज कतातिर जाने हो त ? यस कुरामा सम्बन्धित निकाय खासगरी विद्युत प्राधिकरणको ध्यान जाओस् ।
मङ्सिर २५, बर्दिया । अनुहार भरी सेता काला दाह्री र जुङ्गा, जीवनले कूल आयुको आधाआधी काटीसेकेको अवस्था, अघिपछिको ज्याला मजुरीको कामलाई माया मारेर चिसो मौसममा एकाबिहानै हातमा गुलेली र मट्याङ्ग्रा लिएर ऊनी विहानै घरबाट निस्कन्छन् ।
अनि युद्धमैदानमा गुलेलीको सहयोगबाट सकेसम्मको बल र निशाना लगाएर उनी प्रहार गर्दछन् शत्रुहरुलाई तर बडो सावधानीका साथमा । आफू सुरक्षित भएर दिनभरी हातमा गुलेली चलाएर थकित भएपछि आराम र मनोरञ्जनका लागि रेडियो पनि सुन्छन् उनी ।
गुलरिया नगरपालिका वडा नं. ३ खैरापुर हुँदै सानोश्री ताराताल नगरपालिका जाने बाटोमा पुराना सिमलका रुखहरुमध्ये अहिले जम्मा तीनओटा रुखहरु मात्र रहेका छन् ।
ती रुखहरुमा मौरी बस्न थालेको झण्डै आधा शताब्दी हुन आँटेको छ । उनले जान्दा वि.सं. २०३० सालदेखि नै मौरी बस्न थालेको बताउँछन् स्थानीय ५२ वर्षीय कृष्णगोपाल ठठेर ।
- See more at: http://sajhasabal.com/bardiya/archives/news/krishna-gopal#sthash.0NkO276E.dpuf

0 Comments