नाकावन्दीको प्रहरमा




छन्द:शार्दूलविक्रीडित
यो तातो मरुभूमिझैँ सहरमा पाकेर के हुन्छ र?
अर्काकै मुखमात्र लौ न जहिल्यै ताकेर के हुन्छ र?
खुट्टामा उभिनै अहो! नसकिए हेप्नेछ जस्ले पनि
साँच्चै हो असहायमाथि जहिल्यै चेप्नेछ जस्ले पनि।।1।।

चाहे होस् न ढिलो,छिटो तर अहो! रोप्यो भने फल्दछ
नाकावन्द भएर के छ र अहो!यो ढुक्ढुकी चल्दछ ।
पुर्खाको इतिहाँस बोल्दछ स्वयं कैल्यै झुकेको छ र?
यो अस्तित्व,इमानको हिमचुली पग्लेर सिद्धिन्छ र? ।।2।।

Post a Comment

0 Comments