आध्यात्मिक शिक्षाको महत्व : प्रभात सुवेदी

पुस्तक भगवान कहाँ छन् र कस्ता छन् अावरण

‘.........त्यसैगरी वैज्ञानिक अध्यात्मवादको प्रसङ्गमा धर्म र विज्ञालाई जोड्दै धर्म आनन्ददायी हुने र विज्ञान दोवाटोको बटुवा जस्तै भौंतारीएको भन्दै, माक्र्सदेखि माल्थलससम्म तथा सर आइज्याक न्यूटनदेखि आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तसम्मको यात्रा तय गर्र्दै डार्विनको बाँच्नका लागि संघर्षको प्रसङ्गलाई समेत समेट्ने प्रयास लेखकले गर्नुभएको छ .................।’

गत वर्ष फागुन महिनामा एउटा अवसर प्राप्त भयो जुन अवसरलाई मैले जीवनको एउटा महत्वपूर्ण क्षणको रुपमा लिएको छु । आजसम्म त्यो अवसरले मलाई केही न केही छाप पारेको छ । कुनै नकारात्मक सोच मनमा आउनासाथ मैले आफ्नो मन मस्तिष्कलाई त्यस स्थानमा केन्द्रित गरेंभने मेरो अभौतिक चेतनाले सहि गन्तव्य रोज्न थाल्छ र म सहज हुन्छु । 

प्रसङ्ग २०७१ फागुन अन्तिम साताको हो, जुन समयमा भारतको हरिद्वार तथा ऋषिकेशको भ्रमण गर्ने अवसर जुटेको थियो । हरिद्वारमा अवस्थित देव संस्कृत विश्वविद्यालयको परिसरमा पुग्दा म आपूmलाई त्यहीको एक छात्रको कल्पना मात्र गर्दा पनि अत्यन्तै आनन्दको महशुस भयो । केही समय त भ्रमणको लागि आएको हुँ भन्ने कुरा नै मेरो मानस्पटलबाट उड्यो । संयोग के थियो भने यो भ्रमणको केही साता अघि मात्र बर्दियाली साहित्यिक श्रष्टा अयोध्याप्रसाद श्रीवास्तवको धार्मिक अन्वेष्णात्मक कृति ‘भगवान कहाँ छन् र कस्ता छन्’ को लोकार्पण गरिएके थियो । यस कृतिको कथावस्तु भनेको हरिद्वारदेखि ऋषिकेश हुँदै देरादुनसम्मको थियो । देरादुन त पुग्न पाइएन, तसर्थ कृतिको सम्पूर्ण विषयवस्तुको तुलनात्मक रसस्वादन गर्न पाइएन ।
पुस्तकको टङ्कण कार्य गरिरहेकै समयमा २०७० साउन अन्तिम सातातिर जब म जसरी यस कृतिको शुरुवातीमा प्राकृतिक विपत्तीको प्रसङ्ग उल्लेख गरिएको छ त्यसैगरी मध्यपश्चिमका धेरै स्थानहरु लगायत बर्दियामा आएको भीषण बाढीको चपेटामा आँफै पनि परियो । मैले अयोध्या गुरुसँग ठट्टा गरें, जसरी हजुरले कृतिमा प्रकोपको कुरा गर्नुभएको छ, त्यसैगरी पो बाढी आयो त ...! म बाढी सकिएपछि बाढीले क्षति पुगेका मेरा पुस्तकहरु फाल्ने तयारीमा थिएँ तर त्यही समय उहाँ आउनु भयो र मेरा पुस्तकहरुको जीवन रक्षा गरिदिनुभयो । पिताको माध्यम र उहाँको सामाजिक तथा साहित्यिक योगदानका कारण समाजका अग्रणी व्यक्तित्वहरुसँगको सहज सम्बन्ध नै मेरो लागि अत्यन्तै महत्वपूर्ण कमाइ हो । सायद यो गुण मलाइ पिताबाट नसरेको हुँदोहो त म के हुने थिएँ के बन्ने थिएँ भन्ने कुरा सोच्नै सक्दिन । तर, आज समाजमा केही भएपनि आफ्नो परिचय बनाउन सक्नुको पछाडि आध्यात्मिक पारिवारिक वातावरण र केही भएपनि चिन्तन नै हो भन्न म कत्ति पनि हिच्किचाउँदिन । किनकी म जे भएँ यसकै कारणले भएँ, म आज जहाँ छु, यसकै कारण्ले छु ।
पाठकवर्ग भन्नुहोला, कि यसले खाली आफ्नै कुरा मात्रै लेख्छ भनेर । यो मेरो नै विशेषता नै हो । कुनै पनि प्रसङ्गमा आँफैलाई उदाहरणका रुपमा प्रस्तुत गर्ने । किनकी अरुको मनभित्र पस्न वा बुझ्न सकिँदैन यो अत्यन्तै कठिन विषय पनि हो । कसैलाई चिन्ने र जान्ने कोशीष गरेतापनि केहीबेरमा प्राप्त गरेको विश्लेषणमा तगारो लाग्ने गर्दछ ।

    वास्तवमा आजका युवा पुस्ता जो विकृति र विसंगतीहरुकाबीचमा आफ्नो अमूल्य जीवन खेर फालिरहेका छन् । जीवनलाई कुनै पनि परोपकारी काममा लगाइरहेका छैनन् र नास्तिक सोच र संस्कारमा जगडिरहेका छन्, एकपटक जीवनलाई गौणपूर्वक सोच्नका लागि अयोध्या प्रसाद श्रीवास्तवको यस कृतिले झस्काएको छ । वास्तविक पात्रहरुलाइ समेटेर ६ अध्यायमा विभक्त यो कृतिको मूल सार भनेको आत्मकल्याणमा नै ईश्वर हुन्छ, धर्म र विज्ञानको निकटको सम्बन्ध छ, ईश्वरका बारेमा जान्न चाहनेले मनका भाँडामा रहेका विकृत विचारहरु त्याग्नु जरुरी छ भनिएको छ । साथै अध्ययन, चिन्तन, धर्मकर्म, तीर्थवर्त भनेको समय र उमेर छँदै गर्नुपर्ने भन्दै उमेर गएपछिको तीर्थाटनले मन झन खिन्न हुने कुरामा जोड दिइएको छ ।
बहुदेवतावाद हिन्दु धर्मको मूल विशेषता भएको कुरा उल्लेख गर्दै, उदारता, सहिष्णुता र सत्मार्गबाट मात्रै ईश्वर प्राप्ति हुने कुरामा जोड दिइएको छ । वर्तमान समयमा युवापुस्तामा ईश्वरीय चिन्तन घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै यो मार्गबाट विपरित मार्गमा नजानको लागि यो कृतिमा आग्रह समेत गरिएको छ । त्यसैगरी वैज्ञानिक अध्यात्मवादको प्रसङ्गमा धर्म र विज्ञालाई जोड्दै धर्म आनन्ददायी हुने र विज्ञान दोवाटोको बटुवा जस्तै भौंतारीएको भन्दै, माक्र्सदेखि माल्थलससम्म तथा सर आइज्याक न्यूटनदेखि आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तसम्मको यात्रा तय गर्र्दै डार्विनको बाँच्नका लागि संघर्षको प्रसङ्गलाई समेत समेट्ने प्रयास लेखकले गर्नुभएको छ । अर्को कुरा चेतनाको जडमा हरेक सन्सारमा हामीले निर्जीव भनेका वस्तुहरुमा पनि सजीवताको विशेषता रहेको कुरा सप्रमाण उल्लेख गरिएको छ । यदि त्यसो नुहँदोहोत माटोमा उत्पानदनशील शक्ति, पानीमा विद्युतीय शक्ति, हावामा वायुशक्ति कसरी हुने थियो र ? हुन पनि हो जुन अजैविक तत्वहरुले यो सृष्टि सम्भव भएको छ ती वस्तुहरु कसरी जैविक हुन सक्दैनन् भन्ने कुरा यस कृतिमा सप्रमाण उल्लेख गर्नुभएको छ ।
 यस्ता प्रसङ्गहरुले वैज्ञानिक आविस्कारोक्तिहरुलाई पनि एकपटक सोच्नका लागि वाद्य गराउँदछन् । खोजको अन्त कहिल्यै पनि नहुने भएकाले यो निरन्तर चलिरहने प्रक्रियाका रुपमा उल्लेख गरिएको छ । ईश्वरको रुपरङ्ग र निवासका बारेमा उल्लेख गर्दै प्रकृतिमा रहेको कुनै बोटमा फल लाग्नका लागि जसरी समयको प्रतिक्षा गर्नुपर्दछ त्यस्तै गरी ईश्वरको अनुभूतिका लागि पनि धैर्यताका साथ प्रतिक्षा गर्नुपर्ने सन्देश पनि दिन खोजिएको छ । त्यसैगरी धर्मलाई गलत मनसायले प्रयोग गर्नेहरुको पनि कमी नभएकोमा लगानीविना फल खोज्ने मनसायका कारण धर्मका नाममा विभिन्न आपराधिक घटनाहरु घटिरहेको प्रसङ्ग पनि यस कृतिमा अभिव्यक्ति गरिएको छ । मानिसले कुनै न कुनै रुपमा आध्यात्मिक चिन्तन गरिरहनु पर्दछ भन्दै भनिएको छ ः
                                          स्वधर्मे निधनम् श्रेयः परधर्मो भयावह ः
                                          परोपकार पुण्याय पापाय परपीडनम् ।।
    आध्यात्मिक चिन्तनले नै जीवनले पूर्णता प्रांप्त गर्ने भएकाले आजको समाजमा आध्यात्मिक चिन्तनको कमीका कारणले गर्दा नै यो परिस्थितिको सिर्जना भएको छ । आपसी कलह, झैझगडा, काटमार, हत्याहिंसा, युद्ध सबै यसको परिणाम हुन् । शक्ति र सत्ताको मोहका कारण कुनै पनि मुलुकको समृद्धिमा ठेस पुगेको छ । अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।
      तसर्थ, सधैं भौतिक सुखको खोजीमा भन्दा आध्यात्मिक सुखको खोजीमा पनि लाग्नु पर्दछ किनकी भौतिक सुख क्षणिक हुन्छ यसले अझ मानिसलाई लिप्ततातर्फ उन्मुख गराउँदछ । र जीवनभरमा कमाएको साख पलभरमै तहसनहस पार्दछ । यस्ता उदाहरणहरु समाजमा हामीले देखे भोगेकै कुरा हो । पूर्वीय दर्शन र साहित्यका मर्महरुलाई हामीले जति अनुसरण गर्न सक्दछौं त्यति नै हामी नैतिकवान र चरित्रवान बन्न सक्दछौं । किनकी शिक्षा अर्थात ज्ञान नै एकमात्र त्यस्तो साधन हो जसले एउटा जैविक पिण्लाई सामाजिक मानवका रुपमा रुपान्तरण गर्दछ । तर आध्यात्मिक सुखले मानिसलाई वास्तविक जीवनाभूती दिलाउन मद्दत गर्दछ र वास्तविक ईश्वर प्राप्तिमा सहयोग पुग्दछ भन्दै एकपटक सम्पूर्ण युवापुस्ताहरुलाई यो ऐतिहासिक आध्यात्मिक कृति अध्ययन गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

Post a Comment

1 Comments

  1. नेपाली भाशा मा यो पुस्तक www.ayodhyashrivastav.com मा छ ।

    ReplyDelete