सरयू संवाददाता । कात्तिक २८, बर्दिया ।
कुनै पनि साहित्य सिर्जनाका लागि लेखन भन्दा पनि अध्ययन बढी हुनुपर्ने, नियमित साधना र सबैभन्दा पहिला असल पाठक बन्नुपर्ने कुरा बर्दियाको बढैयातालमा आयोजित साहित्यिक कार्यक्रममा सहभागी स्रष्टाहरुले औंल्याएका छन् ।
![]() |
| कार्यक्रममा सहभागी बाँके र बर्दियाका स्रष्टा साहित्यकारहरु |
भेरी साहित्य समाज जिल्ला कार्यसमिति बर्दियाको आयोजना र बर्दियाली साहित्य समाज, कृष्णसार पाठक मञ्च र लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहकार्यमा बिहिबार बढैयाताल गाउँपालिकाकोे मैनापोखर स्थित होटल सुनगाभामा समारोह सम्पन्न गरिएको हो ।
समारोहमा प्रमुख अतिथि प्राज्ञ एवम् भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले कृतिको लोकार्पण गर्नुहुँदै यस प्रकारका दिवस, उत्सव तथा अन्य प्रकारका साहित्यिका कार्यक्रमहरु सबै साहित्यिक संस्थाहरुले मिलेर गर्नुपर्ने र नेपालगञ्जमा बाह«ओटा साहित्यिक संस्थाहरुले मिलेर एक साथ कार्यक्रम गरेको स्मरण गर्नुहुँदै बर्दियामा पनि यस प्रकारको थालनी भएकोमा खुशी व्यक्त गर्नुभयो । साथै वहाँले कृतिकार यदुनन्दन पौडेलको कविताकृति ‘मातृस्नेह’ ले बर्दियाली साहित्यको क्षेत्रमा एक नयाँ आयाम थपिएको र अबका दिनमा शोध तथा अध्ययनका लागि यस प्रकारका कृतिले अझै सहज हुने बताउनुहुँदै कृतिको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।
![]() |
| कृति लोकार्पण गर्नुहुँदै प्रमुख अतिथि, सभाध्यक्ष, कृतिकार र वहाँकी धर्मपत्नी |
कार्यक्रममा गजलकार तथा सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले आफ्ना मुक्तकहरुमार्फत देवकोटाको योगदानको स्मरण गर्नुहुँदै कृतिकारलाई कृतिको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
आख्यानकार तथा प्रतिभा साहित्य समाजका अध्यक्ष ईन्द्र भण्डारी ‘ईन्द्रेणी’ ले देवकोटाको कृतित्व तथा व्यक्तित्वका बारेमा चर्चा गर्नुहुँदै वहाँको निखारिएको गहिरो अध्ययनकै कारण धाराप्रवाह अनि स्वस्फूर्त रुपमा सिर्जना शक्ति रहेको स्मरण गर्नुभयो ।
लोकार्पित कृतिका बारेमा बाँसगढी बहुमुखी क्याम्पस नेपाली विभाग प्रमुख हरि सुवेदीले शास्त्रीय दृष्टिकोणले समीक्षा गर्नुहुँदै कृति अत्यन्तै उत्कृष्ट रहेको तथापि कहिँ कतै छन्दको नियमलाई अनुसरण गर्ने क्रममा कवि कतै कतै आफ्ना सिर्जनामा चुक्न पुगेको कुरा औंल्याउँदै यो कविको रहर नभएर वाद्यता भएको बताउनुभयो । यसैगरी कृतिकारको व्यक्तित्वका बारेमा भेरी साहित्य समाजका केन्द्रीय सदस्य तथा बाँसगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजालले परिचर्चा गर्नुहुँदै आफ्नै गुरु हुनुभएकोले बाल्यकालमाा वहाँले पढाउनुभएका दिनहरुको स्मरण गर्नुहुँदै वहाँ कवि मात्रै नभएर एक कुशल कलाकार पनि भएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, प्रलेस केन्द्रीय पार्सद मणिरत्न अर्याल, भेरी साहित्य समाजका केन्द्रीय उपाध्यक्ष एवम् ज्ञानोदय खजुरा बहुमुखी क्याम्पसका प्रमुख चरित्रा शाह, केन्द्रीय सदस्य टीकाराम तिमिल्सिना, कृष्णसार पाठक मञ्चका कोषाध्यक्ष प्रकाश पौडेल, लुम्बिनी वाङ्मय प्रतिष्ठान बर्दियाका अध्यक्ष मणि शर्मा, भेरी साहत्यि समाज बर्दियाका कोषाध्यक्ष रामप्रसाद लामिछाने, उपाध्यक्ष लक्ष्मी वस्याल, सदस्यहरु गौरी सापकोटा, निरन्जना चन्द, जेष्ठ व्यक्तित्व पुरुषोत्तम अर्याल, युवा स्रष्टा आशिष भाट लगायतले महाकवि देवकोटालाई स्मरण गर्दै आ–आफ्ना अब्बल सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कृतिकार कवि यदुनन्दन पौडेलले कृति सिर्जनामा लामो समय लाग्नुका कारण तथा कृतिको बारेमा आफ्नो अनुभवसहित आफ्ना केही रचनाहरु वाचन गर्नुभएको थियो । भेरी साहित्य समाज बर्दियाका अध्यक्ष विष्णुप्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दियाली साहित्य समाजका कार्यवहाक अध्यक्ष हरिहर शर्मा आचार्यले शुभकामना मन्तब्य प्रस्तुत गर्नुभएको थियो भने सहजीकरण भेरी साहित्य समाजका सचिव प्रभात सुवेदीले गर्नुभएको थियो ।


0 Comments