मेला महोत्सव के का लागि ?

 मेला भन्ने बित्तिकै बजार, चहल-पहल हुने ठाउँ, मानिसहरूको घुईंचो लाग्ने ठाउँ, अनि निश्चित अवधिका लागि लाग्ने बजार आदि भनेर बुझिन्छ । त्यस्तै महोत्सव भन्नाले माहा+उत्सव ठूलो उत्सव रमाईलो मेलाका साथै विभिन्न प्रकारका पसल सहिलको जमघटमा नाचगान समेत गरिने ठाउँगो रूपमा बुझ्न सकिन्छ । 

आज भोलि नेपालका धेरै ठाउँहरूमा यस्ता मेला महोत्सवहरू लागि रहन्छन् । आयोजना भै रहन्छन् । त्यसमा पनि यो समय भनेको सबै ठाउँमा काम सकेर फूर्सद हुने समय पनि रहेको । त्यसैले कतिपय मानिस स-परिवार साथैमा घुम्न पनि निस्कन मिल्ने समय भएर यहि समयलाई नै सहि र सबैको अनुकूल ठानिएर बिभिन्नठाउँहरूमा यस्ता मेला, महोत्सव, उत्सव आदिको आयोजना र प्रदर्शनी  गरिँदै गरिएका हुने गरेका हुन्छन् । 
समय समयमा विभिन्न ठाउँहरूमा बिभिन्न किसिमका मेला महोत्सव प्रदर्शनी हुनु पनि राम्रो नै हुन्छ । कुनै पनि कुराको आयोजना हुनु नराम्रो कुरा त हँदै होइन । तर त्यस्ता आयोजनाले समग्र समाज, सभ्यता, गाउँ-ठाउँको विकासलाई टेवा पुग्ने अनि जीवन स्तर माथी उकास्न महत्वपूर्ण भूमिका पुर्याएको हुनु पर्दछ । हुन सक्छ यदा कदा यस्ता मेला महोत्सवले गाउँ ठाउँको विकासमा पनि धेर थोर भए पनि कतै न कतै कुनै माध्यमले टेवा पुर्याएको पनि हुन सक्छ ? जस्तै कि : मेला लागेको बेला स्थानीय उत्पादनलाई बढावा दिन उत्प्रेरणा व्यापार विजिनेसमा सरल र सहज तरिकाले अनिवार्य सहभागी गराएर ? मेलामा गएर आफ्ना स्थानीय उत्पादनहरूलाई  सार्वजनिक गर्ने प्रचार-प्रसार गर्ने साथै आफ्नै स्थानिय उत्पादनहरू लगायत अन्य आवश्यक वस्तुहरू अधिक भन्दा अधिक उपभोक्ताहरूले उपयोग, अवलोकन, प्रदर्शनबाट अधिक लाभ उठाउन् । उठाएका पनि हुनन्, नहुनन् ?
तर आजभोली त यो मेला महोत्सव अधिकांश स्थानहरूमा फेसन जस्तै पो बन्दै गएको पाइन्छ । अझ भन्नू पर्दा मेला महोत्सवबाट स्थानिय उपज, स्थानीय व्यापार, स्थानीय उद्योग, स्थानीय कला संस्कृति भन्दा पनि अलिक टाठा बाठा व्यापारिहरूको कमाई खाने भाँडो पो बन्न्दै जाने गरेको पाइन थालेको देखिन्छ त ? 
वास्तवमा यस्ता मेला महोत्सवहरूले त स्थानीय स्तरमा रहेका फस्टाउन नसेकेका व्यापार, स्थानीय लोप हुने अवस्थामा रहेका कला संस्कृति, कालाकारहरूलाई बढी भन्दा बढी सहभागिता गराएर उनिहरूको क्षमता अभिवृद्धि गर्ने थलोको रूपमा विकसित हुनु पर्ने हो नि ? तर यसको विपरित हालत प्रष्ट देख्न सकिन्छ यी मेला महोत्सवहरूमा ???
चर्को महशुल उठायो, न्यून स्तरको देखावटीका स्टल राख्यो कहिले काहिँ त स्टलै खाली खाली पनि हुन्छन् ? भन्नलाई तर स्थानीयले प्राथमिकता पाउने भनेको हुन्छ तर स्थानीयले कुनै स्थान पाइएको हुँदैन ? कतै राजनितिकरण, कतै सिन्डिकेट त कतै के के वाद ?
महोत्सवका आयोजनाका नाममा दुईचार राष्ट्रिय स्तरका भन्नलाइ भनेको छ नामै नसुनेका कलाकार बोलायो, मञ्चमा उफार्यो ? मेला भर्न हेर्न आउनेसरूसँग प्रवेश शुल्कका नाममा चर्को शुल्क असुल्यो, १०-१५ स्टल र व्यापारिहरूलाई स्टल बेच्यो ? न त्यहाँ प्रवेश गरेको व्यक्ती नै सन्तुष्टि हुन्छ न त स्थानीय्ताको भरपूर सहभागिता नै हुन सकेको हुन्छ ? भन्ने बेलामा स्थानीयलाई प्रवर्द्धन गर्न भनेर व्यापक प्रचार-प्रसार गरेको हुन्छ । भित्र हेर्दा के न के ? अनि कलाकार पनि ठेक्कामा ठेकेदारी प्रथाले पो कलाकार बोलाइएको हुने रैछ । अनि एउटा कुरा कलाकार कुन अर्थमा स्थानीय र कुन अर्थमा राष्ट्रिय हुने हो कुन्नी ???
यस्ता प्रकारका मेला र महोत्सवले कुन स्थानीय कुराको उन्नती भएको छ ? जसले पनि आयोजना गर्न सक्ने । न नियमन नै छ ? न अनुगमन नै छ ? न कुनै निकाय नै छ ? न कुनै अख्तियारी नै छ ? केही व्यक्ति र व्यापारी अनि संस्थालाई फाइदा हुन कै लागि हो त यस्ता मेला महोत्सव आयोजना हुने ? के यस्तै प्रकारले स्थानीय स्तरको विकास हुने हो त ? केका लागि हो महोत्सव ? कस्का लागि हो महोत्सव ? न त स्थानीय कालाले स्थान पाएको हुन्छ ? न त कुनै कला संस्कृतिको जगेर्ना गर्ने काम नै भएको पाइन्छ ? न त व्यापार विजेनेस नै ? यसो दुईचार उरण्ठेउला गीत बजायो, कम्मर हल्लायो, दुनियाँको आँखामा छारो हाल्यो, DJ घन्कायो, महङ्गा भारतीय झुला ल्यायो ? त्यो सुरक्षाको दृष्टिबाट नै उपयुक्त छ ? न त कुनै sefty विधि नै अपनाइएको हुन्छ ? बालबालिकाको हित र सुरक्षा नै अपनाइएको हुन्छ । यसबाट पटक पटक अप्रिय घटनाहरू दोहोरिरहेको घटना प्रस्त छन् । 
अन्तमा यसरी आयोजना गरिएका मेलाले सबैको हित र सबैको मनोरञ्जनका साथ साथै समग्र क्षेत्रको विकासका निम्ति आयोजना हुनु पर्ने देखिन्छ । नत्र त केबल पैसा असुल्यो ? रमिता निम्त्यायो ? अनि मोटाउने मोटायो ? आखिर समस्या जहाँको त्यहिँ ? विकासका नाममा विनास र व्यर्थको व्यय मात्र ? यसर्थ बेलैमा सबै सरोकारावाला सजग र सचेत भई सबैको हित र सबैलाई टेवा पुग्ने कार्यमा जुटे सबैको हित होला नत्र जस्ताको त्यस्तै ??? यसरी जम्मा पारेको रकमले समाजको विकासमा क कसलाई के कति योगदान पुर्यायो त भनेर, कस्ले खोज्ने ? कस्ले सोध्ने ? आखिर यो मेला महोत्सव के का लागि ? कस्का लागि

Post a Comment

0 Comments