राजले ऊ हारेर गई भन्दै उसैलाई मुटुमै राखे !

एपीएसएनन्युज । मंसिर २३, बर्दिया ।
ऊ जितेर गई, या हारेर गई ।
नतिजा आफैतिर पारेर गई ।।
यही गीतका गायक राज सिग्देलले भने यतिखेर आफ्नो मुटुमा कोही नभएर सगरमाथा र तनमा मेचीकाली राखेका छन् र भन्दैछन् :
मुटुभरी सगरमाथा शीर बनी रहेको छ ।
तनभरी मेचीकाली रगतसरी बहेको छ ।।

कवीन्द्र भट्टराईको शब्द रचना, प्रभात सुवेदीको संगीत, बि.वि. अनुरागीका संगीत संयोजन रहेको स्वदेश गीतमा पछिल्लो समयका जल्दाबल्दा गायक राज सिग्देलको आवाजमा बिन्ध्यवासिनी म्युजिकले आफ्नै युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो ।
यो गीतलाई गीतकार कवीन्द्र भट्टराईले आफ्नो २१औं बैबाहिक वर्षगाठको उपलक्ष्यमा देशको लागि उपहार दिएको बताउनुभएको छ । 
गीतको म्युजिक भिडियो निकै राम्रो बनेको छ । जसमा मोडलका रुपमा गायक तथा संगीतकार रकेश वलीले मुख्य भूमिका निर्वाह गर्नुभएको छ भने अन्य कलाकारहरुमा गीतकार कवीन्द्र भट्टराई, प्रभात सुवेदी, मुना ओली, रहनुभएको छ । 
कोरस गायनमा भने प्रभात सुवेदी, रकेश वली, मुना ओली र रेश्मा पुनको आवाज रहेको छ । आफ्नो शरीरका विभन्न अङ्ग प्रत्यङ्गहरुलाई देशका विभिन्न पवित्र स्थलहरुसँग तुलना गरिएको र यसको संगीत पक्ष निकै गुणस्तरीय रहेकोेले गीत सबै नेपालीले मन पराउने कुरामा गीतकार कवीन्द्र भट्टराई आशावादी हुनुहुन्छ ।
हेर्नुहोस् गीतको भिडियो (मन परेमा सेयर गरिदिनुहोला)


Post a Comment

0 Comments