विद्यालयमा हुने द्वन्द र यसको दीर्घकालीन समाधानका उपाय सम्बन्धी लेख

Prabhat Subedi

“२०४७ सालतिरको कुरा हो म कक्षा ९ मा अध्ययन गर्दा, विद्यालयवाट घर फर्किने क्रममा अचानक विना कुनै जानकारी, विना कुनै गल्तीमा आफ्नै साथीहरुले बाटो छेकेर, जर्किनमा पानी बोकेर लाठी, भाटा बोकेर मरणसन्न हुनेगरी पिट्ने योजना बनाई बाटोमा तैनाथ भएर एक्कासी झडप गर्न थाले । केही झापड हानेपछि मेरै कक्षाका साथीहरुले मलाई बचाए । सायद, साथीहरुको प्रयास नहुँदो हो त के हुन्थ्यो भन्न सकिने स्थिति थिएन । पछि बुझ्दै जाँदा त्यसको रहस्यमा कुनै पनि कारण रहेनछ । मात्र त्यो एउटा संवेगात्मक अभिव्यक्ति रहेछ । कक्षामा अलि बढी जान्ने र शिक्षकहरुलाई प्रश्न सोधेको अनि अलि सक्रिय भएको केही साथीहरुलाई मन नपरेको रहेछ । त्यही निहुँमा नै यस प्रकारको व्यवहार साथीहरुले मलाई गरेका रहेछन् ।”
विद्यालय विद्याको मन्दिर, ज्ञानको आर्जन गर्ने पवित्र स्थल, ज्ञानको मन्दिर, असल मार्ग निर्देश गर्ने पाठशाला, भविष्य निर्माण गर्ने थलो, देशका लागि आवश्यक जनशक्तिको  गत यार गर्ने स्थल आदि जे भने पनि विद्यालय भनेको सिक्ने र सिकाउने अनि ज्ञानका माध्यमवाट व्यक्तिको व्यवहारको सकारात्मक परिवर्तन गरि समाजअनुकुल आँपूmलाई समायोजन गर्नका लागि सहयोग पु¥याउने मानव जीवनको अभिन्न स्थल नै हो । अझ विद्यालयले राष्ट्रका लागि आवश्यक पर्ने भोलीको शशक्त जनशक्तिको तयार गर्न मद्दत गर्दछ । जसरी एउटा स्वास्थ्य संस्थाको एउटा विरामीलाई निको पार्नका लागि जति महत्वपूर्ण हुन्छ त्यत्ति नै एउटा कलिलो मन र मस्तिष्क बोकेर भविष्यको सुन्दर सपना बोकेर झोला बोक्दै टुकुटुकु हिड्दै गएको बालकलाई उसको स्वस्थरुपी ज्ञानलाई निखार्दै अनि तिखार्दै नयाँ नयाँ ज्ञानको भोक जागाउँदै अझै सिक्ने वातावरण तयार गरिदिने महत्वपूर्ण जिम्मेवारी विद्यालयको हो ।
यस प्रकारको महत्व एकातिर ज्ञानको आर्जनका लगि रहेको छ भने अर्कोतिर भने अर्कोतिर समाजमा घुलमिल भई समाजका आदर्शहरुलाई अनुसरण गरी व्यवहारमा प्रयोग गर्नका लागि स्कूलिङ प्रकृया सबै मानवहरुमा आवश्यक भएको हो । किनकी  विद्यालय भनेको समाजको ऐना नै हो । शिक्षाशास्त्रीहरु समाजालाई mष्लष्बतगचभ या कयअष्भतथ  का रुपमा पनि परिभाषित गरेका छन् । यसको अर्थ के हो भने समाजलाई बुझ्न समाजको स्तर, हैसियत, मूल्य, मान्यताको प्रतिविम्बका रुपमा नै विद्यालयलाई लिइएको हो । जहाँ समाजका भिन्न भिन्न परिवेश, स्तर अनि हैसियतका घरपरिवारका बालबालिकाहरु अध्ययन गर्नका लागि आउँछन् ।
यहाँ कोट्याउन खोजिएको प्रसङ्ग को हो भने, यस प्रकारको मिश्रित प्रकारका परिवेशवाट आउने विद्यार्थीहरुलाई अध्यापन गरी ज्ञान दिनु पक्कै पनि सहज भने छैन । अझ विद्यालयमा विविध खाले निहुँमा विद्यार्थी अनि त्यस्तै शिक्षकहरुकाबीचमा पनि बेलाबखतमा हुने गरेका द्वन्द्वहरुले गर्दा विद्यालयको पठनपाठन प्रकृया नै प्रभावित हुने गरेका छ । समाजका केही व्यक्तिहरुले  अनुशासन, नैतिकता अनि निष्ठालाई बिर्सेर कुलत र विसङ्गगतिहरुलाई अंगाल्नेहरुको सिको गर्ने गरेकाले त्यसको प्रभाव स–साना बालबालिकाहरुमा समेत पर्ने गरेको छ । अझ त्यसैमाथी संवेगात्मक विकासको समयमा पनि बालबालिकाहरुमा विभिन्न संवेगात्मक प्रभावहरु समेत पर्ने गरेको छ । जसका कारण साथी साथीहरुकाबीचमा समय समयमा झैझगडाहरु हुने गरेका छन् । जसका कारण विद्यालयमा तनावको अवस्था सिर्जना समेत हुने गरेको पाइन्छ । यसरी विद्यालयमा उत्पन्न हुने यस प्रकारको अवस्थाहरुका केही कारणहरु उल्लेख गरी यसका समाधानका लागि अपनाउन सकिने सम्भावित उपायहरुको पहिचान गर्ने प्रयास गरिएको छ ।
द्वन्द्वका कारणहरु ः
ड्ड    साथी समूहको बर्चश्वता ः
कुनै पनि व्यक्तिले आफ्नो बर्चश्व कायम होस् र आफ्नौ नै गुणगान चारैतिर गाइयोस भन्ने मात्र चाहान्छ । यो मानवीय स्वभाव पनि हो । तर, कहिलेकाँही यस्ता कुराहरुले भने विद्यालयमा द्वन्द्वको सिर्जना गर्दछ । यसवाट कहिलेकाहीँ ग्याङ फाइट समेत हुने गरेको पाइन्छ । एक समूहले अर्को समूहलाई मौका पारेर वाटोमा वा खाली पिरीयठड भएको समयमा आक्रमण गर्दछन् ।
ड्ड    सरसमानहरु लेनदेन वा खोसाखोसमा ः
कहिलेकाँही आँफूले पुस्तक, क्याल्कुलेटर वा कुनै पनि सामग्री नल्याएकोमा मागेर काम चलाउने प्रवृत्ती विद्यार्थीहरुको हुन्छ । अझ जब जियोमेट्री विषयको पढाई हुने समय भयो तब आफ्नो बाहेकका कक्षाकोठामा गएर सामग्रीहरु माग्ने गर्दछन् । यसरी मागेर प्रयोग गर्दा हराउने, भाँचिने हुन सक्छ । जसका कारणले पनि द्वन्द्व उत्पन्न हुन जान्छ ।
ड्ड    कक्षामा वस्ने ठाउँको सवालमा ः
अधिकांश विद्यालयहरुमा जो विद्यार्थी पहिले  विद्यालय पुग्दछ उही नै अघिल्लो बेन्चमा बस्ने चलन हुन्छ भने कतिपय विद्यालयहरुमा समूह विभाजन गरेर रोटेसनका आधारमा बस्ने व्यवस्था कक्षा शिक्षकहरुको सहयोगमा मिलाइएको हुन्छ । कोही विद्यार्थीहरु यस्ता पनि हुन्छन् कि उनीहरु कहिल्यै पनि अघिल्लो बेन्चमा बस्न रुचाउँदैनन् । उनीहरु सधैं पछाडी बस्ने, मौका मिलाएर मध्यपानहरु सुपारी वा गुट्काजन्य पदार्थहरुको सेवन गर्ने पढाइमा ध्यान नदिने पनि हुन्छन् । जसले गर्दा बसाइको संरचनामा असन्तुलन हुन जान्छ । तर कहिलेकाँही एउटै बेन्चमा वा आँफूले मन पराएको स्थानमा बस्न धेरै जनाको आकाङ्क्षा भएका कारण पनि असन्तुष्टी पैदा हुन्छ जसका कारण पनि द्वन्द्व उत्पन्न हुन जान्छ ।
ड्ड    केटी साथीहरुको कारण ः
विद्यार्थी समय र यौवनावस्थाको उमेर भनेको विपरीत लिङ्गीप्रतिको आकर्षणको समय पनि हो । यस समयमा विपरित लिङ्गी अर्थात केटाहरुले केटी साथी र केटीहरुले केटा साथी बनाउने गर्दछन् । यो स्वाभिवक र प्राकृतिक प्रकृया हो । तर, य सम्बन्धलाई कतिपय विद्यार्थीहरुले कलिलो उमेरमा दुरुपयोग गर्दैै यौन कृयाकलापमा समेत समाहित गर्न पुग्दछन् । यति मात्र नभएर कलिलो उमेरमा बैबाहिक सम्बन्धमा समेत गाँसिन पुग्दछन् । जसका कारण उनीहरुको पढाइ त बर्बाद हुन्छ अर्कोतर्फ अनावश्यक तनाव उत्पन्न हुन्छ । अझ यति मात्र नभएर मन पराएको साथी एउटै हुँदा पनि चलचित्रमा जस्तै सुनियोजित र निकै डरलाग्दा ज्यानै जाने किसिमले झैझगडा गर्न समेत पछाडी पर्दैनन् टिनएजका विद्यार्थीहरु ।
ड्ड    कक्षामा हुने अस्वस्थ प्रतिस्पर्धा ः
कोही विद्यार्थीहरुको स्वभाव के हुन्छ भने म सधैं नै प्रथम भैरहुँ मलाई कसैले पनि जित्न नसकुन । तर, कहिलेकाहीँ भने सोचेको जस्तो परिणाम प्राप्त नहुँदा पनि विद्यार्थीहरुमा त्यसकै निहुँमा पनि झैझगडा हुने गरेको पाइन्छ । 
ड्ड    गाउँघरमा हुने विवादको कारण ः
गाउँघरहरुमा समय समयमा विभिन्न चाडपर्वहरु, विवाह अनि उत्सवहरु, मेलाहरुमा भएका घटना र असन्तुष्टीलाई विवादको विषय बनाएर विद्यालयमा पनि झैझगडा हुने गरेको पाइन्छ । ती झगडाका विषयवस्तुहरुले विद्यालयमा प्रवेश पाउँदा पनि विद्यालयमा तनावको स्थिति सिर्जना हुन पुग्दछ । 
ड्ड    आडम्बरीपन ः
तीब्र शारिरीक र मानसिक विकासका कारणले गर्दा बालकको सोचमा समेत परिवर्तन हुँदै जाने हुनाले गर्दा विशेषगरी किशोरावस्था र यौवनावस्थामा आडम्बरीपनामा बृद्धि हुने गर्दछ जसका कारण म भन्दा शक्तिशाली र बलियो कोही पनि छैन भन्ने भावनाको विकास हुन जान्छ । त्यस समयमा आफ्नो आन्तरीक संवेगलाई नियन्त्रण गर्न नसक्दा पनि विद्यार्थीहरुमा झैझगडाको स्थिति बन्न जान्छ ।
ड्ड    कुलत र कुसङ्गत ः
आनीबानी र सरसंगतका कारण पनि व्यक्तिको दैनिकी अनि व्यवहारमा परिवर्तन हुन्छ भन्ने कुरामा मनोविद्हरु सहमत भएका छन् । खराव आचरण र कुलतमा फँसेका साथीहरुको लैलहैमा लागेर पनि नजानिदो पाराले हाम्रा बालबालिकाहरु दिनानुदिन अन्धकारको खाडलमा परिरहेका छन् । समयमा नै यस प्रकारका सरसँगतहरुको पहिचान गर्न नसक्दा एकैचोटी पछुताउनु बाहेक अन्य विकल्प नरहेको जसका कारण कतिपय अभिभावकहरुले यस्तो तीतो अनुभूती सँगालेको पाइन्छ । 
ड्ड    शिक्षकका गलत नियतहरु ः
विद्यालयमा हुने गरेका द्वन्द्वका कारणहरुमा शिक्षकका क्रियाकलापहरु पनि कारक तत्व हुने गरेका छन् । सञ्चार माध्यममा प्रसारण र प्रकाशन भएका शिक्षकका वदनियतपूर्ण व्यवहारहरुका कारण पनि विद्यालयमा तनावको स्थिति हुने गरेको छ । शरीरमा घाउचोट लाग्ने गरी विद्यार्थीहरुलाई दिइने यातना, छात्राहरुलाई गर्ने अस्वभाविक व्यवहारहरुका कारण केही भ्रष्ट आचरण भएका शिक्षकहरुले अधिकांश सदाचारी शिक्षकहरुको मान प्रतिष्ठामाथी आँच पु¥याएका छन् । 
दीर्घकालीन असर ः
ड्ड    पढाई छोड्ने ः
उपरोक्त स्थितिका कारण कतिपय विद्यार्थीहरुले बीचमै पढाई छाडेको पाइएको छ भने कतिपय विद्यार्थीहरु दुई, तीन वर्षको लामो अन्तरालपछि फेरी विद्यालयमा पढ्न आउने गरेको पाइएको छ। यसरी लामो अन्तरालपछि पढ्न आउनेहरुमध्ये निकै थोरैले मात्र अगिल्ला कक्षाहरुमा पुगी उच्च शिक्षा हाँसिल गरेको पाईन्छ ।
ड्ड    समाजमा बदनाम हुने ः
विद्यालय उमेरमा गरेका विविधखाले गल्तीहरुका कारणले गर्दा समाजका सदस्यहरुले हेर्ने दृष्टीकोणमा परिवर्तन हुन्छ । अर्थात त्यस्ता व्यक्तिहरुलाई समाजले नकारात्मक धारणा बनाएको हुन्छ जसका कारण उनीहरुलाई नै पश्चाताप हुन्छ । जसले समाजमा समायोजन हुन र समाजका विविध पक्षहरुमा सरीक हुनका लागि असहज हुन्छ ।
ड्ड    मानसिक तनाव ः
समयमा बुद्धि नपु¥याउँदा जान र अन्जानमा गरेको गल्तीले पछिसम्म पनि प्रभाव पार्ने हुनाले एकोहोरोपना, सोचिरहने वा घोरिइरहने जस्ता प्रकृतिका स्वभावहरु पछिसम्म पनि देखा पर्दै जाने हुनाले यसवाट मानसिक तनाव भएको कुरा सहजै आँकलन गर्न सकिन्छ । अझ आँपूmले गरेका गल्तीका कारण पश्चातापमा पर्ने जसका कारण जीवनप्रतिको हिनताबोध हुन्छ । यसवाट नकारात्मक विचार उत्पन्न हुन गई आत्महत्या समेतको यास गर्ने गर्दछन् ।
ड्ड    सकारात्मक सोचको अभाव ः
विद्यालय जीवनमा गल्ती गरेकाहरुमा हरेक कुराहरुमा नकारात्मक सोचको विकास हुने गर्दछ । राम्रा विषयवस्तुहरु र असल कुराहरुलाई पनि नकारात्मक धारणा बनाएर हेर्ने मनोबृत्तीको विकास हुने गर्दछ । 
ड्ड    अनुत्पादक भविष्य ः
हरेक मानिसको चाहाना हुन्छ कि भविष्य उत्पादनमूलक होस् । आँफूले गरेका हरेक कामहरुमा सफलता प्राप्त होस् । यथेष्ट सम्पत्ती आर्जन होस् । भने र साचेको जस्तो जीन्दगी जीउन सकियोस् भन्ने चाहाना हुन्छ । तर, विद्यार्थी जीवनमा गरेका गल्तीहरुका कारणले गर्दा एकातिर शैक्षिक हैसियत नहुने अर्कोतिर आत्मविश्वास नभएका कारणले गर्दा दैनिक जीवन निर्वाहका लागि समेत असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।
ड्ड    पारिवारीक तनाव ः
उपरोक्त कुराहरु र परिस्थितिहरुका कारणले गर्दा मानिसमा पारीवारिक तनाव उतपन्न त हुने नै भयो यसका अलावा चरम आर्थिक अभाव हुन गई पारीवारिक आवश्यकता पुरा गर्न नसक्दा परिवारमा तनाव हुन पुग्छ । जसका कारण सन्तानहरुको लालनपालन र शिक्षा दिक्षामा नै असर पुग्न जान्छ । एउटा पुस्तामा नै त्यसको पुरापुर असर पुग्न जान्छ ।
ड्ड    कुलतको दलदलमा फँस्ने सम्भावना ः
यसरी आवश्यकता नै आवश्यकताहरु बढ्दै जाने तर ती आवश्यकताहरु पुरा गर्नका लागि भने उपयुक्त विकल्पहरु नहुने भएका कारणले गर्दा व्यक्तिले कुलत तथा कुसंस्कारहरु अपनाउन थाल्छ । जस्तै ः चोरी, डकैंती, हत्या, अपहरण लगायतका सामाजिक अपराधजन्य कार्यहरुमा सहभागी हुन थाल्छ । कुलतहरुमा फँस्ने र लागू पदार्थको समेत सेवन गर्ने गर्दछन् । जसका कारण आँफू त बर्बादीतर्फ जाने निश्चित हुन्छ, सन्तानहरुमा पनि यसको प्रभाव पर्न गई पारिवारीक असन्तुलन हुन पुग्दछ ।

समाधानका उपायहरु ः
तसर्थ, बालबालिकाहरुलाई समयमा नै उनीहरुको आनीवानी र आचरणलाई ख्याल राखी सुधार गर्न सकेमा र नैतिकता अनि सत्चरित्रताको पाठ सिकाउन सकेको खण्डमा पक्कै पनि यस प्रकारका समस्याहरुवाट टाढा रहन सकिन्छ । कहिलेकाहिँ विद्यालयमा असम्बन्धित व्यक्तिहरुको प्रवेशका कारण पनि तनाव सिर्जना हुन भएका कारणले गर्दा विद्यललयमा बाहिरी मानिसहरुको प्रवेशमा पूर्ण रुपमा रोक लगाउनु पर्दछ ।
कुनै पनि व्यक्तिलाई असल बाटोमा जानका लागि सल्लाह तथा परामर्शले पनि ठुलो काम गर्ने हुन्छ । जसका लगि विद्यालयमा बालबालिकाहरुका लागि सल्लाह तथा परामर्शका कक्षा संचालन गर्न सकिन्छ । जसका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञहरुलाई परामर्शदाताका रुपमा आमन्त्रित गरी वा विद्यालयमा नै यससँग रुची राख्ने र बालमनोविज्ञान अध्ययन गरेका शिक्षकहरुलाई जिम्मेवारी दिन सकिन्छ । त्यस्तै, अभिभावकहरुसँग निरन्तर रुपमा परामर्श गर्नु जरुरी रहन्छ । अभिभावकसँगको निरन्तर सम्पर्क र समन्वयका कारणले पनि विद्यालयमा हुने यस प्रकारका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि मद्धत पुग्दछ । त्यस्तै विद्यालयमा द्वन्द्व व्यवस्थापनका लािग आवश्यक गतिविधीहरु सञ्चालन गर्न सकिन्छ । जसका लागि विद्यार्थीहरुको रेकर्ड अद्यावधिक गर्नका लागि रजिष्टर खडा गर्न सकिन्छ । जसमा सम्बन्धित कक्षाशिक्षकहरुले आफ्ना कक्षाका विद्यार्थीहरुको आनीबानीको बारेमा रेकर्ड राख्न सक्दछन् ।
अन्तमा, भौतिवादी दर्शनले मात्र भन्दा पनि मानिसमा आध्यात्मिक चेतनाले नै मानवताको भावना जागृत गर्न सकिने हुनाले धर्म, संस्कार, आदर्श, नैतिकताका पाठहरु सानै उमेरदेखि सिकाउन सकिएमा नै आजका बालबालिकाहरु भोलीको समुन्नत समाजका कुशल परिचालक बन्न सक्ने कुरामा आशावादी हुन सकिन्छ ।

subediprabhat16@gmail.com

Post a Comment

0 Comments